पशुपति क्षेत्रमा तेस्रो विद्युतीय शवदाह यन्त्र सञ्चालनमा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – पशुपति क्षेत्र विकास कोषले तेस्रो विद्युतीय शवदाह यन्त्र सञ्चालनमा ल्याएको छ। विसं २०७२ माघ १२ गतेदेखि दुईवटा विद्युतीय शवदाह यन्त्र सञ्चालनमा ल्याएको कोषले आजदेखि तेस्रो यन्त्र सुरु गरेको सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए। यन्त्र सुरु गरी आज परीक्षणस्वरुप तीनवटा शवसमेत जलाइएको उनले बताए।

यसअघि सञ्चालनमा रहेका विद्युतीय यन्त्रमा शवदाह गर्न एक घण्टा लाग्ने गरेकामा नयाँ यन्त्रमा ३५ मिनेटमा शवदाह हुन्छ। रु २ करोड ८५ लाखको लागतमा नयाँ यन्त्र जडान गरिएको कोषले जनाएको छ। यसअघि भवनसहित दुई यन्त्र सञ्चालन गर्दा रु ११ करोड खर्च लागेको थियो। नयाँ यन्त्र सञ्चालनमा आएसँगै ६ वर्षअघि जडान गरिएको एक नं यन्त्र मर्मतसम्भार गरिने छ। एक महिनामा मर्मतसम्भार सम्पन्न हुनेछ। कोषले एउटा हाइब्रिड शवदाह यन्त्र पनि गत वर्षदेखि सञ्चालनमा ल्याएको छ। विद्युतीय शवदाह यन्त्रमा गत वर्षदेखि नै कोरोनाबाट निधन भएकाको शवदाह भइरहेको छ। हाल दैनिक सातदेखि आठ वटासम्म कोरोनाबाट निधन भएकाको शवदाह हुने गरेको कोषले जनाएको छ।

पशुपति क्षेत्रको आर्यघाट, भष्मेश्वरघाट र विद्युतीय शवदाहयन्त्रमा गरी हाल १५ वटा शवदाह यन्त्र छन्। दाउराबाट सञ्चालन हुने ११ वटा घाट छ। सामान्य अवस्थामा पशुपति क्षेत्रमा २५ देखि ३० वटा शवदाह हुने गरेको छ। कोरोनाबाट निधन हुने बढेका बेला यसै वर्ष डेढ सयसम्म शवदाह पशुपति क्षेत्रमा भएको कोषले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६