कति खतरनाक छ कोरोनाको ‘सी.१.२’ भेरियन्ट?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – विश्वका अधिकांश देशहरु कोरोना भाइरसको डेल्टा भेरियन्टसँग जुझिरहेको बेला दक्षिण अफ्रिकामा पुन: नयाँ भेरियन्ट ‘सी.१.२’ ( C.1.2) पत्ता लागेको छ।

हालसम्म यस भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ का रुपमा राखेको छैन तर, यसले सारा वैज्ञानिकहरुको ध्यान तानेको छ। यो भेरियन्टमा भएको कयौं म्युटेसन र छिटो फैलिन सक्ने क्षमता देखेर वैज्ञानिक हैरान छन्।

दक्षिण अफ्रिकाको ‘नेश्नल इन्स्टिच्युट अफ कम्युनिकेबल डिजिज’ ले गरेको अध्ययनअनुसार सी.१.२ सुरुदेखि चीनमा उत्पन्न भएको भेरियन्टदेखि हालसम्मको भेरियन्ट सबै यही भाइरसमा पाइएको देखिएको छ।

यो भाइरस सुरुमा दक्षिण अफ्रिकाको पाउमालाङगा प्रदेशमा भेटिएको थियो भने पछि न्युजिल्याण्ड, पोर्चुगल, स्वीट्जरल्याण्ड, कङ्गो, मरुसियसमा पनि भेटिएको छ।

अध्ययनअनुसार यो भेरियन्टमा यति धेरै म्युटेशन भएको छ कि, यो पहिलेको भाइरसभन्दा धेरै फैलिने र खोपको प्रभावकारीतालाई पनि कम गर्नसक्ने क्षमता राख्छ।

विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ का रुपमा भाइरसलाई सूचिकृत गर्न धेरै व्यक्तिमा फैलिनसक्ने हुनुपर्ने, उपचारका विधिहरुलाई कमजोर बनाउन सक्ने तथा पुराना भाइरसभन्दा फरक हुनुपर्छ। तर, यस भाइरसलाई भेरियन्ट अफ कन्सर्नका रुपमा अहिले नै राख्न हतार हुने डब्लुएचओका प्रवक्ता मार्गरेट ह्यारिसले बताए।

म्युटेसन हुनु भनेको भाइरसको विशेषता नै हो। जति धेरै मानिसहरुमा यो भाइरस फैलन्छ, त्यति धेरै म्युटेसन हुन्छ। मानिसको शरीरमा भाइरस पसिसकेपछि यसको सेललाई धेरै संख्यामा कपी गर्न लगाउँछ। एउटै खालका भाइरसका सेल बनाउँदा कहिलेकाँही गलत खालका डिएनए पनि बन्न सक्छन् जसलाई म्युटेसन भनिन्छ। प्रायजसो म्युटेसन भाइरसलाई नै नराम्रो हुन सक्छ, जसका कारण भाइरस आफैं मरेर जान्छ। त्यस्तै, भाइरसलाई राम्रो भए धेरै फैलाउन सक्ने र खोपसँग पनि बच्न सक्ने हुन्छ।

सी.१.२ लाई बढी ध्यान दिन किन जरुरी छ भने, यो चाँडो म्युटेन्ट हुन सक्छ भने धेरै म्युटेशन एकै ठाउँमा पनि हुन्छ। वैज्ञानिकहरुले डेल्टा भेरियन्टलाई म्युटेन्ट गर्न मद्दत गर्ने म्युटेसन यस भाइरसमा पनि छ वा छैन भनेर हेर्न चाहेका छन्। यस्ता म्युटेसन नयाँ भेरियन्टमा देखिनेबित्तिकै बढी ध्यान दिनुपर्ने उनीहरुको भनाई छ।

सी.१.२ भाइरस दक्षिण अफ्रिकामा कमै देखिए पनि अफ्रिकाको पहिलो लहरमा देखिएको भाइरसको ‘लिनेज’ बाट उत्पन्न भएका कारण यसलाई बढी ध्यान पुर्याउनुपर्ने वैज्ञानिकको भनाई छ।

हाल अफ्रिकामा डेल्टा भेरियन्ट पनि फैलिइरहेको छ। सी.१.२ भाइरस झनै बलियो र फैलिने हुनाले डेल्टा म्युटेसनसँग मिल्न पर्दछ। जसले, डेल्टाभन्दा पनि धेरै फैलाउन सक्ने गुण राख्छ।

अब यो भेरियन्ट धेरै फैलिन्छ कि खोपको क्षमतालाई पनि कम गराउँछ त्यो हेर्न बाँकी छ। तर, हाल यी सबै भेरियन्टबाट बच्न खोप नै एकमात्र उपाय हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।