नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नति गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेट विस्थापित गर्ने छ।

अब सबै कर्मचारी आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्नेछन् र विद्युतीय प्रणालीबाट कामको प्रक्रिया अगाडि बढ्ने बैंकले जनाएको छ।

नबिल डिजी वर्कस्पेस उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताए। सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे।

बैंकका अनुसार नबिल डिजी वर्कस्पेसमा कर्मचारीले दैनिक गर्नुपर्ने काम कहाँ छन्, कोसँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन्। यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ।

अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीले सिस्टम अलर्ट पाउनेछन र त्यहाँ अपलोड गरिएका फाइल हेरेर ग्राहकका काम स्विकृत गर्न सकिने छ। यसले कागजी प्रक्रियाबिना तीव्ररूपमा अनिर्णित काम सम्पादन गर्न सहयोग पुग्ने छ।

नबिल बैंकले हाल १ सय ३५ शाखा, १ सय ७६ एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६