महान्यायाधिवक्ताको कार्यालयमा पानी जमेपछि…


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – करिब १ अर्बको लागतमा निर्माण गरिएको महान्यायाधिवक्ताको कार्यालयमा पानी जमेको छ। कार्यालयको भूइँ तलामा करिब ७ इन्च पानी जमेपछि पार्किङकोसमेत समस्या देखिएको छ।

झट्ट हेर्दा सपिङ कम्प्लेक्स, ठूलो कर्पोरेट अफिस, पाँचतारे (फाइभ स्टार) होटल वा कुनै ठूलो व्यापारिक घरानाको आलिसान बंगलाजस्तो देखिने करौडौंको यस भवनमा पानीको उचित निकास नहुँदा समस्या भएको छ।

९० करोड १५ लाख ९६ हजार ३ सय १५ रुपैयाँको लागतमा निर्माण भएको यो कार्यालयमा पानी जमेपछि सर्वत्र आलोचना भएको छ

अख्तियारको नजरमा कार्यालय

गत आइतबार राति काठमाडौं उपत्यकामा भएको भीषण वर्षापछि नवनिर्मित भवनमा पानी चुहिएर पार्किङ क्षेत्र जलमग्न भएको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसबारे गुनासो पुगेको थियो। गुनासोपश्चात आयोगले गत सोमबार मात्रै महान्यायाधिवक्ताको कार्यालय भवनको गुणस्तरको अनुगमन गरेको थियो।

रामशाह पथमा रहेको भवनको गुणस्तरको विषयमा गुनासो आएपछि अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठसहित प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको थियो।

‘निर्माणको डिजाइन र गुणस्तरमा समस्या हुनसक्ने प्रारम्भिक अनुगमनले देखाएको छ’, आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने, ‘निरीक्षणको क्रममा हामीले महान्यायाधिवक्ताको कार्यालयको भवन निर्माणमा संलग्न सबै निकायसँग छलफल पनि गरेका छौं

निर्माण कम्पनी, भवन डिजाइन गर्ने कन्सल्ट्यान्ट, अनुगमन गर्ने र भुक्तानी दिने सरकारी निकायलाई भवन निर्माण विषयमा जानकारी मागसमेत गरेको रिसालले बताए।

No description available.

किन जम्मा भयो पानी?

महान्यायाधिवक्ताको कार्यालयमा आयोमेल पुग्दा त्यहाँको पार्किङ अर्थात बेसमेन्टमा करिब ७ इन्च पानी जमेको थियो। पानी जमेको कारणले कार्यालयमा पार्किङकोसमेत समस्या देखिएको छ।

कार्यालयको पानी निकास हुने पाइप र ढलको पाइप ठूलो–सानो भएपछि पानी बेसमेन्टमा जमेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

इकाइका उपनिर्देशक कोषनाथ अधिकारीकाअनुसार महान्यायाधिवक्ताको कार्यालयबाट निस्कने पानीको पाइप २ फिटको रहेको र ढलको १० इन्च मात्रै रहेका कारण पानी जमेको हो।

‘ठूलो पानी परेपछि ढलले कार्यालय र सिंहदरबारको पानीको भार थेग्न सक्दैन। कार्यालयको पाइप ठूलो छ र ढलको सानो जसकारण ठूलो पानी परेपछि पानीको निकास हुँदैन र पानी फर्केर आउँछ।’, उनले भने

भवनमा पानीको निकास मात्रै समस्या रहेको उनले सुनाए। यो चाँडै समाधान हुने र यसका लागि विभिन्न निकायसँग छलफल भइरहेको उनले बताए।

पानी निकास समस्या समाधानका लागि खानेपानी र सडक विभागसँग समन्वय गरिरहेको महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता संजीवराज रेग्मीले बताए। उनले हिउँद सुरु हुनुबित्तिक्कै समस्या समाधान हुने आश्वासन पाएको बताए।

No description available.


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु