बोटलर्स नेपाल (तराई) ले पायो ‘बेस्ट-प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले बोटलर्स नेपाल (तराई) लिमिटेडलाई जेनेरल सेक्टर (अन्य) श्रेणीअन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२०’ अवार्डबाट सम्मानित गरेको छ।

उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६–७७ को वार्षिक रिपोर्ट प्रस्तुतिमा उत्कृष्टताका लागि सम्मान प्राप्त भएको कम्पनीले जनाएको छ। गत वर्ष पनि बोटलर्स नेपाल यही श्रेणीमा उपविजेताका रूपमा पुरस्कृत भएको थियो।

कम्पनीका अनुसार कर्पोरेट प्रशासन र अनुपालनमा आन्तरिक प्रक्रिया र स्थापित पद्धतिको एक परिणामका रूपमा स्थापित छन्। उपभोक्ता, आपूर्तिकर्ता र सेयरधनीसहित सबै सरोकारवालासँग सम्बन्ध बनाइराख्नु निकै महत्वपूर्ण छ। २०२० का लागि उक्त अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुवै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण हो।

हालै आयोजित एक कार्यक्रममा आइक्यानका अध्यक्ष मदन शर्माले बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन र फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई अवार्ड प्रदान गरेका थिए।

‘बोटलर्स नेपाल (तराई) लिमिटेड आइक्यानद्वारा सम्मानित हुन पाउँदा निकै गौरवान्वित छ,’ बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘म सम्पूर्ण टिमप्रति आभारी छु जसले हाम्रो पेय पदार्थलाई नेपालीको दैनिक जीवनको एक अहम हिस्सा बनाउँदै सही ढंगले व्यापार सञ्चालन गरिरहेको छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो