एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

एनसेल आजियाटा लिमिटेडले फोरजी सेवा विस्तारलाई केन्द्रित गर्दै नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको छ।

यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरका लाभ लिन एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने एनसेलले जनाएको छ।

एनसेलको नयाँ अभियानको भिडियो यो लिंकमार्फत हेर्न सकिन्छः https://bit.ly/38IQdbn

एनसेलले नविन प्रविधि भित्र्याउँदै विश्वस्तरिय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच पुर्‍याउँदै देशको दुई–तिहाई भन्दा बढी जनसंख्यामा फोरजी सेवा विस्तार गरिसकेको जनाएको छ।

कोभिड–१९ महामारीले निम्त्याएको विषम परिस्थितिबीच पनि एनसेलले फोरजी ब्रोडब्यान्ड सेवा देशका ५ सय ५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको र बाँकी स्थानमा पनि विस्तारको काम निरन्तर गरिरहेको छ।

एनसेलका अनुसार उच्च गतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्यान्ड फोरजी÷एलटिई सेवाले नेपालको डिजिटलाइजेसन यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

फोरजी सेवाको लाभ लिन ग्राहकले एनसेलको सिम सजिलै लिन सक्ने र थ्रिजी सिम प्रगोग गरिरहेकाले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेल आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफूले चलाइरहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्ने कम्पनीको भनाइ छ।

फोरजी÷एलटिई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएका काराण ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसन प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइल आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्री सजिलै हेर्न लगायत काम गर्न सकिन्छ।

उच्च गतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासका लागि एक आधारभूत आवश्यकता बनिसकेको एनसेलको भनाइ छ।

आफ्ना ग्राहकलाई सधैं डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधंै अन’ अभियानअन्तर्गत विभिन्न सेवा तथा अफर सुलभ दरमा प्रदान गर्न एनसेलले प्रतिबद्धता जनाएको छ।

एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आवश्यकताअनुसार विभिन्न डेटा प्याक सुचारु गर्न सक्ने तथा एनसेल एप तथा वेबसाइटबाट पनि प्याक सुचारु गर्न सकिने कम्पनीले जनाएको छ।

एनसेलले देशभरि ७२ लाखभन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र तीमध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।