देउवाको हस्तक्षेपपछि डडेलधुरामा कांग्रेस अधिवेशन अन्योल


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडाैं-

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरिसके पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा अधिवेशन अनिश्चित छ।

कांग्रेस जिल्ला नेतृत्वकाअनुसार क्रियाशील सदस्यता वितरणमा सभापति देउवाले हस्तक्षेप गरेपछि डडेलधुरामा वडा, नगर, जिल्लालगायतको अधिवेशन कहिले हुने भन्नेबारे टुङ्गो छैन।

नेपाली कांग्रेसले आइतबार राति पार्टीको आधिकारिक वेबसाइटमा डडेलधुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो। क्रियाशील सदस्यता विवरण सार्वजनिक भएसँगै प्रधानमन्त्रीको गृह जिल्लामा व्यापक असन्तुष्टि चुलिएको छ।

कांग्रेस सभापति देउवाले परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदलाई जिल्ला सभापतिका लागि अगाडि सारेका छन्। र, साउँदलाई जिताउने उद्देश्यका साथ क्रियाशील सदस्यता वितरणमा उनले हस्तक्षेप गरेको डडेलधुराका कांग्रेस नेताहरूको आरोप छ।

क्रियाशील सदस्यता वितरणमा केन्द्रबाट धाँधली गरिएपछि डडेलधुरामा अधिवेशन अन्योलग्रस्त बनेको कांग्रेस डडेलधुराका उपसभापति करूणाकर भट्टले बताए।

उनले विधि, विधान र प्रक्रिया सबैकुराको बर्खिलापमा केन्द्रीय कार्यसमितिबाट एकमुष्ट रूपमा क्रियाशील सदस्यता लादेर पठाइएपछि अधिवेशनको माहोल अन्यौलग्रस्त बनेको जिकिर गरे।

‘क्रियाशील सदस्यता आइतबार राति सार्वजनिक भएको छ। क्रियाशील सदस्यता जसरी प्रकाशन भयो त्यो हेरेर हामी आश्चर्यचकित भएका छौं,’ भट्टले आयोमेलसँग भने, ‘वडा अधिवेशनको अवस्था अन्यौलग्रस्त छ।’

पार्टी विधानअनुसार जिल्लाले सिफारिस गरेर पठाएको क्रियाशील सदस्यहरूको नाम केन्द्रबाट हठात् हटाइएको उनको भनाइ छ।

‘चारै तहबाट प्रमाणित भएर गएका क्रियाशील सदस्यहरू हटाइएको छ,’ उनी भन्छन्, ‘कुनै तहबाट सिफारिस नै नभएका क्रियाशील सदस्यहरू स्वतः केन्द्रबाट थप्ने काम भएको छ।’

कांग्रेसले सार्वजनिक गरेको क्रियाशील सदस्यहरूको विवरणमा जिल्लाबाट सिफारिस भएर पठाइएका ४६० जनाको नाम काटिएको छ भने सिफारिस नै नभएका ३१२ जनाको नाम थपिएको छ।

जिल्लाका सातवटै स्थानीय तहका ५२ वडामा साउँदको पक्षमा प्रतिनिधि आउने गरी क्रियाशील सदस्यता वितरणमा हस्तक्षेप गरिएको भट्टको आरोप छ।

‘जिल्ला कार्यसमितिले अनुमोदन गरेर पठाएकोमध्ये ४६० जनाभन्दा बढी क्रियाशील सदस्यहरूको नाम काटेर प्रक्रिया नै पूरा नगरेका ३१२ जनाको स्वतः थप गरिएको छ,’ उनले भने, ‘कुनै खास व्यक्तिलाई जिल्लाको नेतृत्वमा ल्याउने उद्देश्यले यी काम गरिएको प्रष्ट हुन्छ।’

विधानअनुसार सबै प्रक्रिया पूरा गरेर सिफारिस गरिएका क्रियाशील सदस्यहरूको नाम काटिएपछि डडेलधुराका स्थानीय कांग्रेस नेताहरूले यसलाई सभापति एवं प्रधानमन्त्री देउवाको हस्तक्षेपको रूपमा हेरेका छन्। जिल्लाबाट पठाइएका नामहरू काटिनुका कारण नखोलाइएपछि उनीहरू थप सशंकित बनेका छन्।

‘क्रियाशील सदस्यता किन काटियो त्यसको जस्टिफिकेसन दिइएको भए हामी सन्तुष्ट बन्थ्यौं, अधिवेशनको माहोल पनि बन्थ्यो,’ भट्ट भन्छन्, ‘तर, त्यसबारे केही भनिएको छैन। एकैपटक ४६० जनाको नाम काटिएपछि त्यसलाई केन्द्रीय सभापतिको हस्तक्षेपबाहेक अरू केही भन्नै सकिँदैन।’

कांग्रेसको टिकट पाएर स्थानीय तहमा चुनाव लडेका उम्मेदवारको नाम काटिएको छ भने बागी उम्मेदवारलाई क्रियाशील सदस्यता दिइएको छ। यहाँसम्म कि क्रियाशील सदस्यताका लागि सिफारिस गर्ने नगर सभापतिकै नामसमेत काटिएको छ।

‘अन्यायको पराकाष्ठा नाघ्यो। पार्टीले टिकट दिएर स्थानीय तहमा चुनाव लडेकी जिल्ला कार्यसमिति सदस्य कमला विष्टको नाम काटिएको छ। त्यही गाउँपालिकामा उहाँसँग उपाध्यक्षको स्वतन्त्र उम्मेदवार शिवजी शाहको क्रियाशील सदस्यता नवीकरण भएको छ,’ भट्टले भने।

यसैगरि अमरज्योति नगरपालिका–९ का पार्टी सभापति नरबहादुर पालको नामसमेत क्रियाशील सदस्यताबाट हटाइएको छ। तर, उनैले सिफारिस गरेकाहरूले क्रियाशील सदस्यता पाएका छन्।

‘वडा सभापति नरबहादुर पालको नाम हटाइएको छ। तर, तिनै सभापतिले प्रमाणित गरेकाहरूको नवीकरण भएको छ र नयाँ प्राप्त पनि भएको छ,’ उनले भने, ‘वडाभरिका उनले प्रमाणित गरेका सदस्यता सदर छन्। तर, सभापतिको बदर छ। यो अन्यायविरूद्ध लड्नुपर्ने आम कार्यकर्ताहरूको धारणा छ।’

जिल्लाबाट सिफारिस भएर पठाइएका वर्तमान जिल्ला सभापति कर्ण मल्लकी आमा पार्वतीदेवी मल्ल, अमगरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्टलगायतका व्यक्तिहरूको नाम पनि क्रियाशील सदस्यता सूचीबाट हटाइएको छ।

विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिहरूको समायोजनका लागि गठित जिल्लास्तरीय कार्यदलका सदस्य रामबहादुर ऐरको नाम पनि क्रियाशील सदस्यको सूचीबाट हटाइएको छ भने उनले सिफारिस गरेका सबै क्रियाशील सदस्यको नाम पनि सूचीमा छैन।

त्यसैगरी पार्टी सभापति देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यको नाम हटाएर १० जनाको थपेर सार्वजनिक गरिएको छ।

डडेलधुराका उपसभापति भट्ट वडादेखि जिल्ला कब्जा गर्ने उद्देश्यले मान्छे हेरेर नाम हटाउने काम भएको आरोप लगाउँछन्।

‘मान्छे हेर्दै नाम हटाउने काम भएको छ,’ उनी भन्छन्, ‘कुन मान्छे असहयोग गर्ने हो। कुन मान्छे हटाएर वडा कब्जा गर्न सकिन्छ भन्ने एउटा मनोविज्ञानका साथ सदस्यता हटाउने काम भएको छ।’

पन नपर्ने अनुहार हटाएर मनपर्ने अनुहार थपेर पठाउने काम पार्टी सभापतिको निर्देशनमा उनी नजिकका मानिसहरूले गरिरहेको भट्टको आरोप छ।

‘केन्द्रीय सभापतिसँग नजिक रहेका नेता साथीहरूले यो सब काम गराइरहनुभएको छ,’ भट्ट भन्छन्, ‘यो सब गराउन सहमति केन्द्रीय सभापतिले दिइरहनुभएको छ। पेल्ने कुराको सीमा क्रस भइसकेपछि अधिवेशन होला जस्तो लागेको छैन।’

कांग्रेसको वेबसाइटमा ३ हजार १४४ नयाँ र २ हजार ५९८ पुराना गरी ५ हजार ७४२ क्रियाशील सदस्यहरूको नाम सार्वजनिक गरिएको छ।

डडेलधुरामा देउवाले परशुराम नगरपालिकाका मेयर साउँदलाई जिल्ला सभापतिका लागि अघि सारेका छन् भने वर्तमान जिल्ला सभापति मल्ल समूहका तर्फबाट भट्ट र हरिप्रसाद भट्ट आकांक्षी देखिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत