डा. केसीसँगको सहमति पालनामा सरकार इमानदार बनोस् : कांग्रेस 


विचार
आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।

आयोमेल संवाददाता
भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर

आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका


चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीसँग सरकारले गरेको सहमति इमान्दारीसाथ पालना गर्न नेपाली कांग्रेसले माग गरेको छ। डा.केसीसँग भएको सहमतिलाई स्वागत गर्दै कांग्रेसले ‘साउनमा सहमति, माघमा उल्लंघन’ को नजिर नदोहोर्‌याउन सरकारलाई सचेतसमेत गराएको छ। 

‘आमरण अनशनको २७ औं दिनमा डा.केसी र संघीय सरकारबीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ। स्वदेश र विदेशबाट विभिन्न माध्यमबाट विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाइ ज्ञापन गर्दछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

डा.केसीले अघि सरेका मुद्दाप्रति वर्तमान सरकारको रवैया सुरुदेखि पूर्वाग्रही रहेको उनले आरोप लगाएका छन्। 

जुम्ला अनशनपछि काठमाडौं आइपुग्दासम्म दुव्र्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठ सरकारले प्रस्तुत गरेको शर्माले बताएका छन्। 

‘वार्ता नै नर्गे हठ प्रस्तुत गरेको सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ,’ शर्माले भनेका छन्, ‘सहमतिलाई हामीले सकारात्मक रुपमा लिएका छौं। तर, विगतमा सहमति उल्लंघन भएको नजिरलाई दृष्टिगत गरी खबरदारी जरुरी छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा २०७५ साउन १० गते डा. केसीसँग गरिएका सहमति सोही वर्षको माघ महिनाम सरकारले उल्लंघन गरेको शर्माले आरोप लगाएका छन्। 

‘नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा.केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र अघिल्लो सहमति उल्लंघन भएकोले पछिल्लो द्वन्द्व सिर्जना भएको हो,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘थप द्वन्द्व सिर्जना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्न कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदछ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ। अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतम

भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर बढाएका छन्। उनीहरुले दुवै डोजको अन्तर १२ देखि १६ हप्ता

कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात अस्पतालसँग सम्झौता

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय