बुद्ध एयर २४औं वर्षमा 


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


निजी वायुसेवा कम्पनी बुद्ध एयर स्थापनाको २४औं वर्षमा लागेको छ। सन् १९९७ अक्टोबर ११ मा पहिलो उडान गरी व्यावसायिक सुरुवात गरेको बुद्ध अहिले बजार हिस्साका आधारमा मुलुककै सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बनेको छ। 

अमेरिकाबाट एकथान ब्रान्ड न्यु जहाज ‘बिचक्राफ्ट १९०० डी’ ल्याएर सेवा सुरु गरेको बुद्धसँग हाल १३ जहाज, १ हजार १ सय कर्मचारी र लाखौंलाख देशीविदेशी यात्रु जोडिएका छन्।

बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ‘विश्वव्यापी कोरोना भाइरस महामारीकाले हरेक क्षेत्रसँगै उड्डयन क्षेत्रलाई पनि नराम्ररी प्रभावित गरेको बताए।

‘कोरोना कहरका कारण उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गरेनौं। झन्डै ६ महिना लामो लकडाउनले आम्दानी शून्य हुनपुग्यो,’ बस्नेतले भने, ‘यस्तो अवस्थामा पनि हामीले १ हजार १ सय कर्मचारीलाई नियमित तलब दियौं। हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजका मर्मतसम्भार र रेखदेखमा कुनै पनि अवरोध नआओस् भन्ने हो। लकडाउनमा एकजना कर्मचारी पनि कटौती नगरी आवश्यक सबै तालिम सम्पन्न गर्‍यौं।’

कम्पनीका अनुसार बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याइएको थियो। जुन नेपालमै कोभिडविरुद्धका पहिलो निर्देशिका थियो। यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच पिपिई प्रदान गरिएको छ। महिनौंसम्म काठमाडौंमा मात्र नभई हरेक गन्तव्यमा पूर्वाभ्यास गरिएको थियो।

लकडाउन र निषेधाज्ञापछि असोज पहिलो साताबाट आन्तरिक उडान सुचारु भएपछि बुद्धले भाडा दरमा व्यापक कटौती गरेको जनाएको छ। निम्न मध्यम आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरुन् भन्ने उद्देश्यले भाडा घटाइएको कम्पनीको भनाइ छ।

आर्थिक चलायमानका सूचकांकमा यात्रु आवागमन एक भएको भन्दै बुद्धले आन्तरिक पर्यटनलाई पुनः गति दिन पोखरा र चितवनलाई प्रचारप्रसार गरी आफ्नो भगिनी संस्था बुद्ध होलिडेजबाट भ्रमण प्याकेज तयार गरेको छ। ती दुई गन्तव्यमा विदेशी पर्यटकलाई सुरक्षित र संक्रमणरहित भ्रमण गराउने योजना बुद्धले बनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको