पाटन अस्पताललाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण


विचार
आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा


रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ। 

रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार उपकरण हस्तान्तरण गरेका हुन्। 

कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी उक्त स्वास्थ्य उपकरण नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो। 

आइसियूमा उपचार गराइरहेका विरामीलाई भेन्टिलेटरमा लैजानअघि हाइ फ्लो नासल क्यान्योल उपकरण प्रयोगमा ल्याउन सकिने निर्देशक डा. अन्सारीले बताए। यो उपकरणले भेन्टिलेटरको मागलाई घटाउने डा. अन्सारीको भनाइ छ।

कारोना संक्रमितलाई स्वास्थ्य सेवामा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले नयाँ प्रविधिको स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको क्लबका प्रेसिडेन्ट श्रेष्ठले बताए।

उपकरण किन्नका लागि सहयोग गर्ने इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौंका तर्फबाट प्रेसिडेन्ट मिरा मरसानी श्रेष्ठ, रोटरी क्लब अफ काठमाडौं मिटटाउनका तर्फबाट प्रेसिडेन्ट कृष्णनारायण सिंह, हिमानी ट्रस्टका तर्फबाट उत्तम निरौला, उनकाजुको जापानका तर्फबाट निर्मणीलाल श्रेष्ठ, प्लानिङ होप इन्टरनेशनलको तर्फबाट किरणलाल चित्रकार, इन्गेज नेपालको तर्फबाट बेटी उडस्यान्ड लाई प्रेसिडेन्ट श्रेष्ठले धन्यवाद दिए।

कोरोना संक्रमणले विषम परिस्थिति सिर्जना गरेका बेला समाजका लागि केही योगदान पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले विभिन्न संघसंस्थासँगको समन्वयमा स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको यस प्रोजेक्टका संयोजक सर्भिस प्रोजेक्ट डाइरेक्टर नीलकण्ठ श्रेष्ठले बताए। 

सेवाभावले स्थापना भएको रोटरी क्लब भएकाले अहिलेको विषम परिस्थितिमा समाजलाई थप योगदान दिने क्लबको योजना रहेको र कोभिड–१९ ले आक्रान्त बनाएको यो परिस्थितिमा काठमाडौं उपत्यकामात्र होइन, देशको ग्रामीण क्षेत्रमा समेत थप सहयोग गर्न रोटरी क्लब तयार रहेको प्रेसिडेन्ट श्रेष्ठको भनाइ छ।

निकट भविष्यमा पनि अन्य विभिन्न संघसंस्था संग समन्वय गरेर यस्तै प्रकृतिका परोपकारी काम गर्न तयार रहेको श्रेष्ठले बताए। सेवामुलक कामका लागि रोटरीसंग हातेमालो गरेर अघि बढ्न सामाजिक संस्थालाई आग्रह समेत गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको