म्यानमारका ‘बौद्धमार्गी बिन लादेन’लाई सैन्य सरकारले जेलमुक्त गर्‌यो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


म्यानमारको सैनिक सरकारले एकजना विवादास्पद बौद्ध भिक्षुलाई थुनामुक्त गरेको छ। बौद्ध भिक्षु वशिन विराडुलाई अघिल्लो निर्वाचित सरकारले ‘देशद्रोह’को आरोप लगाएर थुनेको थियो।

गत वर्ष त्यहाँको सैनिकले त्यो निर्वाचित सरकारलाई अपदस्थ गरेर शासन आफ्नो हात लिएको थियो।

मुस्लिम समुदाय र त्यसमा पनि रोहिङग्या समुदायलाई लक्षित गर्दै निकै उत्तेजक भाषण गर्ने उनलाई म्यानमारमा ‘बौद्धमार्गी बिन लादेन’ पनि भनिन्थ्यो। उनी म्यानमारको सैनिक शासनलाई समर्थन गर्नेमध्यका एक हुन्।

‘राष्ट्रवादी’ भाषणले चर्चित उनी म्यानमारकी नेतृ आङ सान सू ची र उनको निर्वाचित सरकारको आलोचना गर्थे।

सन् २०१९मा उनलाई सरकारविरूद्ध घृणा र द्वेष फैलाएको आरोप लगाइएको थियो। त्यसपछि देश छोडेर भागेका उनले गत वर्षको नोभेम्बरमा आत्म समर्पण गरेका थिए। तर सैनिक शासकहरूले उनका सबै मुद्दाहरू फिर्ता गरेको जनाएका छन्।

अभियोग फिर्ताबारेमा सैन्य सरकारले विस्तृत र अन्य विवरणहरू पनि दिएको छैन। अहिले उनी बिरामी परेको र अस्पतालमा उपचार भइरहेको सैन्य सरकारले जनाएको छ। उनको स्वास्थ्यको बारेमा बाँकी कुरा खुलाइएको छैन।

विराडु म्यानमारमा मुस्लिम र रोहिङ्ग्या मुस्लिमविरूद्ध निकै उत्तेजक भाषण गर्थे। उनका हज्जारौं समर्थक थिए।

त्यही बेला टाइम म्यागेजिनले उनको बारेमा लेखिएको एउटा सामग्रीलाई शीर्षक दिएको थियो ‘द फेस अफ बुद्धिस्ट टेरर?’ बिबिसी


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु