अफगानिस्तानः पन्जशिरमा तालिबानको झण्डा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा विजय प्राप्त भएको घोषणा गर्दै आफ्नो झण्डा फहराएको छ। अफगानिस्तानका सबै क्षेत्र तालिबानको नियन्त्रणमा जाँदा पनि राजधानी काबुलबाट उत्तर तर्फ रहेको पन्जशिर उपत्याका प्रान्त भने तालिबानको कब्जा बाहिर थियो।

तालिबान विरोधी नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) र स्थानीय लडाकु समूहले तालिबानसँग लडिरहेका थिए। तर तालिबानले पन्जशिरमा पनि जित हाँसिल गरेको र सो क्षेत्र आफ्नो कब्जामा आएको बताएको हो।

सोमबार आफ्ना लडाकुहरुले झण्डा फहराउँदै गरेको भिडियो तालिबानले पोस्ट गरेको छ। तर एनआरएफका लडाकुहरुले अझै पनि रणनीतिक रुपमा महत्वपूर्ण क्षेत्रमा आफूहरुको उपस्थिति रहेको बताएका छन्। उनीहरुले युद्ध जारी रहेको उल्लेख गरेका छन्।

एनआरएफका नेताले तालिबानविरुद्ध देशभरबाट अभियान थाल्न आह्वान गरेका छन्। एनआरएफका नेता अहमद मसूदको अडियो सन्देश सामाजिक सञ्जालमा पोस्ट गरिएको छ। त्यसमा नेता मसूदले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधानिकता प्रदान गरेको र सैन्य तथा राजनीतिक विश्वास दिएको भन्दै आलोचना गरेका छन्।

उनले भनेका छन्, ‘जे भए पनि तपाईँहरु जहाँ हुनुहुन्छ म स्वाधिनताका लागि राष्ट्रिय अभियान थाल्न आह्वान गर्छु । यो अभियान हाम्रो देशको स्वतन्त्रता र समृद्धिका लागि हुनेछ।’ तालिबानले तीन हप्ता अघि अफगानिस्तानमा नियन्त्रण कायम गरेको हो। अगस्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले