महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा पाँचौ सप्ताह निःशुल्क स्वास्थ्य शिविर


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार पाँचौ सप्ताहपनि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। प्रतिष्ठानअन्तर्गतको कोभिड क्विक रेस्पोन्स टीमले धनुषाको धनौजी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको हो।

कोरोना माहामारीमा सर्वसाधारणलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले प्रतिष्ठानको पहलमा कोभिड–१९ क्विक रेस्पोन्स टीमले पछिल्लो पाँच सप्ताहदेखि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ।

प्रतिष्ठानले धनौजीको बहुअर्वामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी स्थानीयले लाभ लिएको क्विक रेस्पोन्स टीमका सदस्य चन्दन रायले जानकारी दिए।

कोरोना महामारीका कारण सामान्य बिरामीहरूले समेत अस्पतालमा उपचार पाउन कठिनाइको सामना गर्नु परेकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रष्ठिानका जीवनाथ चौधरीले बताए। शिविरलाई प्रभावकारी बनाउन शिविरस्थलमै प्याथोलोजी सेवासमेत प्रदान गरिएको उनले जानकारी दिए।

शिविरमा डा. रामविनय चौधरी, डा.अश्विनी कुमार झा, डा.अमित रंजन मिश्र, डा.अमिय कुमार साह, डा.अजय यादव, डा.शशी भुसन ठाकुर, डा.कुमार सम्भव, डा.अभिषेक बिकास पन्त, डा.मनिषा भारद्वाज, डा.शैलेन्द्र साह, डा.रोविन झा, डा.हेमन्त कु. शर्मा, डा. अमित यादव, डा.अभिजित साह, डा.सज्जन ठाकुर, डा.श्रीराम शर्मा, डा.अनिलकुमार साह, डा.विनय यादव, डा.रमेशकुमार यादव, डा. राजु साहले स्वास्थ्य परीक्षण गरेका थिए।

यसैगरी सुमन कुमार ठाकुर, घनश्याम झा राजु, छोटुबाबु यादव, संतोष यदव, ललितकुमार यादव, दिपक यादव, अजय कुमार यादव, सत्रुधन राय,  सिंह, जिवछ साह, मन्दिप यादव, तथा ल्याबका मुकेश सिंह, रुपेश नारायण महतो नर्स रितिका झा लगायतकाहरूले बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए।

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरो जायदको प्रमुख आतिथ्यमा भएको शिविर सञ्चालनमा सन्तोष यादव, मनोज साह, निर्मल चौधरी, जीतेन्द्र साह, राकेश विक्रम साह, सम्झना वर्मा, निलम कर्णल, दीपक ठाकुरगायतका व्यक्तिहरूले समन्वय गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।