ललितपुरका नगर प्रहरी ‘नेपाल भाषा’ सिक्दै


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगर प्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ।

महानगरपालिकामा धेरैजसो नेवारी समुदायको बसोबास रहँदा प्रहरीलाई काममा सो भाषाले सहजता तुल्याउन ठहर गरी दुईहप्ते प्रशिक्षण दिन सुरु गरिएको हो। नगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगर नेवारी बस्तीमा नेपाल भाषा प्रयोग गरेर आफूहरूले काम गर्दा अपनत्वको व्यवहार पाएसँगै सो भाषा जान्न अति नै आवश्यक रहेको बुझी सोमबारदेखि आउँदो असोज ३ गतेसम्म सिकाइने भएको बताए।

उनले भने  ‘यहाँ बसोबास गर्ने कैयौँ वृद्धवृद्धामा नेपाली भाषाको ज्ञान अभाव पाएसँगै उनीहरूको समस्या सुन्न र बुझ्नसमेत यसले सहयोग गरेको छ।’

हरेक मानिसले आफू कार्यरत स्थानको भाषा अनि संस्कृति जान्दा धेरै काम बन्दै जाने उनको बुझाइ छ ।

महानगपालिकामा कार्यरत १३ महिला र ३६ पुरुष गरी ४९ नगर प्रहरीलाई दैनिक बिहान एकदेखि डेढ घण्टाको तालिम दिइने हाछेथुले जानकारी दिए। नेवा स्यानेगुठी प्रशिक्षण केन्द्रका निर्देशक एवं प्रशिक्षक रुबिन शाक्यले प्रहरीले काममा खटिँदा दोहोरो सञ्चार गर्न सक्ने आधारभूत भाषाको प्रशिक्षण दिइने बताए।

उनले भने ‘हामीले नेवारीमा सम्बोधन गर्नेदेखिका आवश्यक भाषा सिकाउनेछौं।’

प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाका भित्री बस्तीमा बढीजसो नेवार समुदाय रहँदा नगर प्रहरीले आफ्ना सेवा चुस्त अनि दुरुस्त बनाउन भाषाको प्रयोग गर्न पाउने बताए। उनले भने ‘यस क्षेत्रमा लगभग ६० प्रतिशत नेवार रहँदा प्रहरीले सबैसँग मिलेर काम गर्ने पाउनेछन्।’

महानगरपालिकामा कूल ७८ नगर प्रहरी कार्यरत छन्। सो मध्ये २९ सँग नेपाल भाषाको जानकारी पहिले नै रहँदा प्रशिक्षणमा सहभागी नगराइएको महानगरपालिकाले जानकारी गराएको छ। महानगरपालिकाका पाटन, खोकना, बुङ्मती, सुनाकोठी, हरिसिद्धिलगायतका धेरै क्षेत्रमा नेवारी समुदायको बसोबास रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’