पन्जाबमाथि काेलकाताकाे २ रनकाे राेमाञ्चक जित


विचार
आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे

आयोमेल संवाददाता
राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा


कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा शनिबार किंग्स इलेभेन पञ्जाबलाई रोमाञ्चक खेलमा २ रनले हराएको छ।

खेल टाइ गर्न अन्तिम बलमा ६ रन चाहिएकोमा पञ्जाबका लागि ग्लेन म्याक्सवेलले चौका मात्र प्रहार गर्न सके।कोलकाता हारको संघारमा रहेर पनि खेलमा फर्कन सफल रहेको हो।

यो नतिजापछि पञ्जाव एकमात्र जितसँगै अन्तिम स्थानमा रह्यो । जितका लागि चाहिएको १ सय ६५ रन पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

उसका लागि कप्तान केएल राहुलले ५८ बलको सामना गरेर ७४ रन बनाए । त्यसमा छ चौका सामेल थियो। 

अर्का प्रारम्भिक ब्याट्सम्यान मायन्का अग्रवालले ५६ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गरे ।

कोलकाताले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो र यस क्रममा २० ओभरमा छ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

शारजहाँको मैदानमा खडा यो स्कोरमा दुई ब्याट्सम्यानले अर्धशतक बनाए ।

प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ५७ र कप्तान दिनेश कार्तिकले ५८ रन बनाए । दिनेशले २९ बलको सामना गरेर आठ चौका र दुई छक्का प्रहार गरे। यस्तै इंग्लिस ब्याट्सम्यान इयाेन मोर्गनले २४ रन बनाए । 

आजै अर्को खेलमा भारतीय क्रिकेट टोलीका वर्तमान कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बेंग्लोर र पूर्व कप्तान महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सबीच दुबई अन्तर्राष्ट्यि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।

काेहलीकाे टिमले टस जितेर ब्याटिङ गरिरहेकाे छ।

यसअघि बेंग्लोरले ३ र चेन्नईले २ खेल जितेका छन्।

र, याे पनि

काेलकाता जित्दा शाहरूख खानकाे मुहारमा चमक

काेहलीकाे हार, राहुलकाे कीर्तिमानी शतक अनि प्रीति जिन्टाकाे खुसी

दिल्ली फेरि शीर्षस्थानमा, कप्तानकाे तुफानी ब्याटिङ

चम्किए विराट काेहली, बेंग्लोरको तेस्रो जित

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

धोनीले बनाए कीर्तिमान, तर ७ रनले चेन्नईलाई जिताउन सकेनन्

रोहितले पार गरे ५ हजार रन, याे उपलब्धि छुने काे-काे छन् त?

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सहभागी गराएर गरेको