वीरको चिसो भुईंबाट विलासको विलाप- हाम्रो दुःख काठमाडौंलाई के मालुम 


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


कलेटी परेको एउटा ‘बर्काे’ले उनको पूरै शरीर ढाक्न सकेको थिएन। 

सेताम्मे कपाल अनि ठुटा परेको दाह्री। पटपटी फुटेर चिरा परेका ‘बुढो’ पैतला। 

वीर अस्पतालको ‘थोत्रा’ बेन्चमाथि उनी कोल्टो फर्किरहेका छन्। 

पर छेऊमा एक अधवैशे सिमेन्टको चिसो भुईंमा एउटा च्यातिएको म्याट बिछ्याएर आधा च्यादरमा गुटमुटिएका छन्। 

बेन्चमा पल्टिएका ७० वर्षीय विलास यादव हुन्। चिसो सिमेन्टको भुईंमा गुटमुटिएका ३५ वर्षीय धीरेन्द्र यादव उनका छोरा हुन्। धीरेन्द्रको आन्द्रा फुटेको छ। 

१३ दिन बितिसकेको छ, वीरको यो चिसो भुईंको बास। राम विलाय यादव छोराको उपचार खोज्दै, रौतहटबाट काठमाडौंको वीरमा आएका हुन्। 

तर, पैसो छैन, विलास दिनभरि भीख माग्छन्, छोराको उपचार खर्च जुटाउन। साँझ आएर यही वीरको बेन्चमा जिउ फाल्छन्। 

विलास यादव, रौतहट।

उमेर ६८ वर्ष।

काठमाडौंका गल्ल गल्ली अन्जुली फिँजाएर उनी छोरोको जीन्दगी मागिरहन्छन्। 

‘कुन जगाह हो कुन जगाह, नाम मालुम छैन्, विलास भन्छन्, ‘उसको घर परिवार छ, जसरी पनि छोरालाई बचाउनु छ।’

हरेक दिन बिहानैदेखि उनी राजधानीका हरेक चोक र गल्लीगल्ली चाहार्छन्।

छोराको जीन्दगीको लागि भीख माग्छन्।

छोराको रोगको बारेमा भन्छन्, ‘सहयोग पाउँ हजुर।’ 

न खाने ठेगान छ न, सुत्ने।

दिनमा मुस्किलले एक हजारजति जम्मा हुन्छ। 

‘त्यो पनि उसको दबा(औषधी) किन्नुपर्छ, खानुपर्छ’ यो हरदिनको पीडा हो उनको।

खुट्टाको छाला कालो भएर बाक्लिएको छ। 

एकताने चप्पलकै भरमा हुन्, उनी भौतारिरहने।

सन्तान भन्दा ठूलो के नै छ र, संसारमा? यस्तै लाग्छ विलासलाई।

‘खान बस्नको ठेगान छैन, भीख नमागी उपचार कसरी गर्नु? घरमा बालबच्चा छ, जल्दी इलाज भए घर जान्थेँ, आँखैअघि छोराको यो हालत कति देख्नु?’ 

विलास ३५ वर्षीय छोरा धीरेन्द्र यादवको खातिर यति गरिरहेका छन्।

धीरेन्द्रको आन्द्रा फुटेको छ। उनी एक वर्षदेखि थलिएका छन्।

गाउँमा भएको जमिन उपचारका लागि बेचिसकेका छन्। 

घर, परिवार पाल्ने धीरेन्द्र नै थलिएपछि के होला?

घरमा ताला लगाएर उपचारका लागि काठमाडौं आएका छन्, ऋणदान गरेर।

धीरेन्द्रका छोरा र श्रीमती छन्। उनीहरू माइतिघर सुनसरी गएका छन्।

ज्याला, मजदुरीको काम गरेर घर खर्च चलाउने उनको विचल्ली भएको छ।

कमाएर खुवाउने मान्छे कोही छैन।

कहिलेकाहिँ मेयर र वडाध्यक्षले दाल–चामल दिन्छन्।

मजदूरी गर्ने बेलामै सिलिन्डर ग्याँस पड्कियो। धीरेन्द्रको पेटमा लाग्यो, उनको आन्द्रा फुट्यो। 

उनलाई कोसी अञ्चल अस्पताल भर्ना गरियो।

कोसीले उपचार गर्न नसकेपछि काठमाडौं आए।

अघिल्लो वर्ष वीर अस्पतालमा उपचार गरेर उनी निको भइसकेका थिए।

तर, काम नगरेर खान नपाइने।

गाउँलेले सहयोग गरेर उनी उपचारका लागि काठमाडौं आएका थिए त्यो बेला। 

अलि निको भएको जस्तो लागेपछि उनी फर्किए। र, फेरि काम गर्न थाले। 

निको भएको घाउ फेरी बल्झियो।

दुई पटक अप्रेसन भइसकेको छ, धीरेन्द्रको।

तर काम गर्नुपर्ने हिँडिरहनुपर्ने भएकाले फेरि नसा फाट्यो।

‘हिँड्न काम गर्न हुन्थेन तर, थाहा थिएन, धीरेन्द्र भन्छन्,‘काम नगरी के खानु?’ 

वीरको चिसो भुइमा लतारिएको, हप्तौँ बितिसक्यो।

१३ दिन पुग्दा पनि उपचार भएको छैन, भर्ना सम्म भएको छैन। डाक्टरहरुले हेर्दै हेर्दैनन्। 

उनीहरुले बार–बार भनिसके। तर, डाक्टर जवाफ दिन्छन् ‘पहिला कसले उपचार गरेको हो, त्यही डाक्टरले हेर्छ।’

न बिलासलाई थाहा छ, न धीरेन्द्र चिन्छन् ती डाक्टर, पहिला कसले उनको उपचार गर‌्यो? 

‘डाक्टरले हेर्दैनन् खै के गर्नु हाम्रो हातको वात होइन’ धीरेन्द्र भन्छन्, ‘बुढो बाउको हालत यो भइसक्यो।’ 

राति करिब १२ बजिसकेको थियो वीर अस्पताल पुग्दा।

अस्पताल परिसर लगभग शान्त थियो। 

परिसरमा भएका अरु दुई तीन जना बिरामी कुरुवा सुतिसकेका थिए।

थोत्रो बेन्चमा पल्टिएको विलासको बुढो शरीर कोल्टे फेरिरहेको थियो। 

भुँइमा धीरेन्द्र एउटा टिकटिके मोबाइलको मधुर उज्यालोमा अँध्यारिएका थिए। 

‘न छोरोको यो हालत देख्न सक्छु न आफू केही गर्न सक्छु’ विलास भन्दै थिए। 

‘चाँडै उपचार भए चाँडै घर जाने’ तर, यी बाउछोरालाई थाहा छैन, त्यो चाँडै कहिले पो आउने हो?

फर्किदाँ विलास यादव भन्दै थिए, ‘हजुर चिनेको डाक्टर भए, मेरो छोरालाई हेर्न भनिदिनुस्।’ 
….

छिप्पिएको अँध्यारो ओढेको सडकमा कुकुरहरू भुकेको आजावमात्रै आइह्यो। 

‘धीरेन्द्र–विलास’का ती आवाज नजिकैको सिंहदरबार ठोक्किएलान्?


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।