देशभर थपिए ५ हजार ८ जना संक्रमित, काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२


विचार
आयोमेल संवाददाता
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा

आयाेमेल संवाददाता
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले

आयोमेल संवाददाता
नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह


बितेको चौबिसघण्टामा ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। 

यीमध्ये काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ संक्रमित थपिएका छन्।

त्यस्तै देशभर १४ जना कोराेना संक्रमितको मृत्यु भएको छ। याेसँगै देशभर मृत्यु हुने संक्रमितको संख्या ६१४ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको बताए।

शनिबार काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २ हजार १ सय , भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ३० हजार ८ सय १८ संक्रिय संक्रमित र होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना रहेका छन्।

हाल ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार २ सय २९ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ७४ हजार २ सय ५२ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७०.२ प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय

नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह ४ बजेसम्मको अल्टिमेटम दिएको छ। उक्त समूहको स्थायी कमिटीका सदस्यहरुको

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक