हामी फेरि अफगानिस्तान जानैपर्छ : अमेरिकी सिनेटर


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अमेरिकी सिनेटर लिन्डेस ग्राह्मले अमेरिकी सैनिक फेरि पनि अफगानिस्तान जानसक्ने बताएका छन्।

‘हो हाम्रा सैनिक फेरि पनि अफगानिस्तान फिर्ता जानसक्छन्’ बिबिसीसँगको एउटा अन्तर्वार्तामा उनले भनेका छन्– ‘हामी त्यहाँ जानैपर्छ किनकि त्यहाँको आतंक धेरै खतरा भएको छ।’

उनले अमेरिकी सैनिक फिर्ता भएपछि त्यहाँ फेरि अल-कायदाको दबदाब बढ्न थालेको बताए। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्मलाई समर्थन गर्ने सिनेटर ग्राह्मले नयाँ तालिबान शासनमा अफगानिस्तानको कट्टरवादी इस्लामहरूलाई ठूलो ठाउँ हुने दाबी पनि गरे।

‘यो ट्रम्प वा बाइडेनको गल्ती थियो वा थिएन भनेर कुरा गर्ने बेला होइन। बरू हामीले हेर्नुपर्छ, तालिबान अझै पनि बदलिएको छैन। उनीहरू त्यही हुन् अनि उनीहरूलाई समयको आधुनिकतासँग कुनै पनि मतलव छैन’ उनले भनेका छन् ‘हामी फेरि अफगानिस्तान जानैपर्छ जसरी हामी इराक अनि सिरिया गएका थियौं।’

पन्जसिरबारे वार्ता गर्न तयार छौं- पन्जसिर लडाकुहरू

तालिबानले अहिलेसम्म नियन्त्रणमा लिन नसकेको एउटामात्रै उपत्यका हो-पन्जसिर। तालिबानविरूद्ध लड्नका लागि यहाँका मानिसले बनाएको ‘राष्ट्रिय रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान’ले अब भने तालिबानसँग वार्ता गर्ने जनाएका छन्।

‘यदि तालिबानले आक्रमण बन्द गर्छ भने हामी युद्ध रोकेर वार्ताका लागि तयार छौं’ यो समूहका प्रमुख भनिने अहमद मसूदले भनेका छन्।

अफगानिस्तानको यो एउटा विद्रोही केन्द्र हो। यो उपत्यकामा करिब २ लाख मानिस बसोबास गर्छन्। १९८०को सोभियत संघ तथा १९९६ देखि २००१सम्म तालिबानको शासनमा पनि यो उपत्यकामा यो विद्रोहको केन्द्र नै रह्यो।

काबुल नियन्त्रणमा लिएपछि दोस्रोपटक तालिबानहरूले फेरि पनि पन्जसिर उपत्यका घेरा हालेका छन्।

संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख काबुलमा

संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ काबुल पुगेका छन्। उनले त्यहाँ तालिबानका नेताहरूसँग भेटघाट पनि गरेका छन्। त्यहाँ उनले महिला, किशोरीहरू तथा अल्पसंख्यकलगायत सबै नागरिकलाई सुरक्षा प्रत्याभुति दिन तालिबानलाई आग्रह गरेका छन्।

यसअघि तालिबानका नेताहरूले सबै मानवीय सहयोगका लागि अनुमति दिने बाचा गरेका थिए। उनीहरूले मानवीय सहयोगका लागि महिला तथा पुरुष स्वंयसेवकहरू अफगानिस्तान आउन खुल्ला रहेको बताएको थिए।

राष्ट्रसंघका अनुसार यो समयमा करिब १.८ करोड अफगान नागरिकलाई मानवीय सहयोगको खाँचो छ। यो देशको करिब करिब आधा जनसंख्या हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु