प्रहरीको चाडपर्व सुरक्षा याेजना- केन्द्रविन्दुमा ‘काेरोना’, सादा पाेशाकका प्रहरीदेखि कुकुर र ड्राेनसम्म


विचार
आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७

आयाेमेल संवाददाता
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा…

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५


प्रहरी प्रधान कार्यालयले चाडपर्व विशेष सुरक्षा योजना बनाएर लागु गर्न सबै प्रहरी इकाईहरूलाई निर्देशन दिएको छ। 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ जिल्लाका प्रहरी कार्यालयलाई  विशेष सुरक्षा योजना निर्माणमा जुट्न निर्देशन दिएका हुन्।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्ला अन्तिम तयारीमा जुटेको जानकारी दिए। 

केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उनको भनाई छ।

‘प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ’ उनी भन्छन्, ‘यो वर्ष कोभिड–१९ को सङ्क्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्ने छ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेका छन।’

केही अघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उनले बताए।

प्रहरीले महामारीको बेला आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको जानकारी दिएको छ। 
सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने छ।

सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने, मोबाइल गस्ती बढाइने, तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी 

काठमाडौँ उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि  प्रधान कार्यालयले त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ।

उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना पेश गरिसकेको छ भने अन्य जिल्लाको आउने क्रममा छ ।  

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाएर पेश गर्न भनिएको जानकारी दिए।

‘छलफल गरेर एक÷दुई दिनमै योजना लागू गर्ने तयारी छ, पोखरेलले भने, ‘चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा मजबुद गराउने, कोभिड–१९ को सङ्क्रमण फैलन नदिने गरी योजना बन्ने छ।’

उनले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको जानकारी दिए। 

लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ।

नेपाल प्रहरी यसपालि चाडका बेला अप्रिय घटना रोक्न, लोभलाभमुक्त सेवा प्रवाह गर्न, व्यवहारमा नचुक्न र कोभिडबाट सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्नमा नै केन्द्रित हुने पोखरेलले बताए।

दशैंँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ।

त्यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौँले पनि सुरक्षा योजना तयार पारिसकेको छ। 

जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।

यो वर्ष प्रहरीले ड्रोन र कुकुरको समेत प्रयोग गर्ने भएको छ।

आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ ।

ट्राफिक प्रहरी पनि थप सक्रिय

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै लगेको बताएको छ।

महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले सवारीका यात्रु ओर्लने/उक्लने क्षेत्रमा नियमित जाँच थालिएको भन्दै आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुने जानकारी दिए।

‘चाडबाडमा कुनै अप्रिय घटना हुन नदिन प्रहरीले सवारी साधनको चेकजाँच तथा निगरानीमा कडाई गरेको छ’, एसपी यादवले भने, ‘सुरक्षा मापदण्ड पालना नगर्ने यात्रु तथा सवारी चालकलाई होल्ड राखेर सम्झाइ-बुझाइ गरिरहेका छौँ।’ 

महाशाखाका अनुसार अहिले दैनिक १ हजार देखि १२ सयसम्म सवारी कारबाहीमा पर्ने गरेका छन्। जसमा बढी भाडा लिएका, बढी यात्रु बोकेका र स्वास्थ्य मापदण्डको पालना नगरेका रहेका छन्।

आवश्यक परे मापसे चेक पनि

कोरोना भाइरसको संक्रमणको जोखिम बढी भएकाले अहिले ट्राफिक प्रहरीले मापसे चेकजाँच गरेको छैन।

‘मापसे चेकजाँच गर्न नजिकै जानुपर्ने भएकाले अहिले अवस्था जटिल छ नजिक गए दुवैलाई जोखिम छ’, एसपी यादव भन्छन्, ‘मापसे चेक नगरे पनि सुरक्षामा कमी आएको छैन, कुनै घटना, दुर्घटना भए फेरि थाल्छौं।’

महाशाखाले सुरक्षा व्यवस्था मजबुत बनाउन उपत्यकाका विभिन्न ठाउँमा एक दुई दिन भित्रै हेल्प डेस्कको स्थापना गर्ने जानकारी दिएको छ। राससकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम