गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित, दुईको मृत्यु


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चार जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कोरोना पुष्टि हुनेमा बागलुङका ११, कास्कीका १०, तनहुँका सात, गोरखाका तीन जना छन्। योसहित गण्डकी प्रदेशमा कोरोना

संक्रमितको संख्या ४६ सय ४८ पुगेको छ। तीमध्ये ३२ सय २७ जना निको भएका छन्। 

दुई संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

स्याङ्जा र नवलपुरका एक/एक संक्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

स्याङ्जाको आँधिखोला गाउँपालिका ६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षे वृद्ध र नवलपुरको गैंडाकोट नगरपालिका १ का ३६ वर्षे पुरुषको मृत्यु भएको हो। 

स्याङ्जाका संक्रमितको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको निर्देशनालयले जनाएको छ। 

नवलपुरका संक्रमितको चितवनस्थित कलेज अफ मेडिकल साइन्समा उपचारकै क्रममा ज्यान गएको हो। 

स्याङ्जाका पुरुषको शुक्रबार राति साढे ११ बजे र नवलपुरका संक्रमितको शुक्रबार दिउँसो ३ः५५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। 

स्याङ्जाका मृतकमा मृगौला र मुटुको समस्यासँगै पिसाबमा पनि संक्रमण थियो। नवलपुरका मृतकको भने एक्कासि मुटुले काम गर्न छोडेको र रक्तचाप कम हुँदा रगतमा संक्रमण बढेको निर्देशनालयले जनाएको छ। 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका सात, तनहुँका पाँच, स्याङ्जाका चार, बागलुङ, म्याग्दी र लमजुङका एक÷एक जना छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख