औपचारिकतामा सीमित ‘पञ्जाराँ पर्व’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर – भक्तपुरको पञ्जराँ पर्व सामान्य रुपमा नै मनाइएको छ। कोभिडका कारण यो वर्षको पञ्जाराँ पर्व पनि सामान्य रुपमा नै मनाइएको छ। निषेधाज्ञा खुकुलो बनाइए पनि पर्व तामझामका साथ मनाइएन।

भक्तपुरमा पाँच टोलमा रहेका दिपंकर बुद्धहरुलाई पूजा तथा दान दिएर पञ्जराँ (पञ्चदान) पर्व मनाइन्छ। ईन्द्रवर्त महाबिहार संरक्षण समिति ईनाचोका अध्यक्ष बसन्तराज शाक्यले भक्तपुर बौद्ध संघले निषेधाज्ञा भैरहेको अवस्थामा हप्ता दिनअघि नै पर्वलाई यो वर्ष पनि सामान्य रुपमा मनाउने निर्णय गरेको जानकारी गराए। तर, पर्वको दुई दिनअगाडि भक्तपुर प्रशासनले निषेधाज्ञा खुकुलो बनाएको भएता पनि पर्व चलाउन छोटो समयमा विभिन्न आन्तरिक व्यवस्थापन गर्न नसकिने भएकाले यो वर्ष सामान्य रुपमा नै मनाइएको अध्यक्ष शाक्यले बताए।

पर्व मनाउँदा विभिन्न टोलहरुमा दिपंकर बुद्धलाई घुमाई भिक्षा दान लिन जाने चलन छ। यो वर्ष गतवर्ष झै दिपंकर बुद्धहरुलाई बिहारबाट बाहिर ननिकालेका कारण भक्तजनहरुले बिहारमै गएर पूजागरि भिक्षादान दिएका थिए।

भक्तपुर नगरपालिका-१० क्वाठण्डौंस्थित प्रशन्नशील महाबिहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्रह्म महाबिहार, तिनख्यः स्थित थथुबही अर्थात् जयकीर्ति बिहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत बिहारमा रहेका पाँच दीपंकरहरुलाई भक्तपुर नगर परिक्रमा गराइन्छ। यसरी नगर परिक्रमा गरिनुअघि यी पाँच दीपंकरहरुलाई भक्तपुर-९ सूर्यमढीस्थित आदिपद्म महाबिहारमा भेला गराइन्छ। त्यहाँ विशेष पूजा सम्पन्न भएपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोलटोलमा परिक्रमा गराइन्छ।

ती दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पीण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने प्रचलन रहँदै आएको छ। भक्तपुर नगरको पूर्व आदिपद्म महाबिहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सकिन्छ। तर, दीपंकरहरुलाई संयुक्त पञ्चदान पर्व भने भक्तपुर नपा ५ स्थित टौमढीमा समापन गरिन्छ। टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएर उल्लासमय वातावरणमा उक्त संयुक्त पञ्चदान गरिन्छ।

उक्त अवसरमा टौमढीमा बौद्धमार्गीहरुले दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाउने गर्छन्।

भक्तपुरमा पाँचवटा दिपंकर बुद्धहरुलाई बिहारबाट निकाली टोलटोलमा घुमाई पूजा तथा दानलिने गरिन्छ। बौद्धधर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्ध धर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसँग सम्बन्धित छ। यी दिनहरुमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत बिहारहरुमा भिक्षु भइसकेका शाक्य, बज्राचार्यहरुलाई स-सम्मान स्वागत गरी दान आदान-प्रदान गरिन्छ।

नेपाल मण्डलमा प्राचिनकालदेखि नेवार बौद्ध धर्मावलम्विहरुले मनाउने अति महत्वपूर्ण दान पर्वको रुपमा ‘पञ्जरां पर्व’ आएको छ। विशेषत: नेवार बौद्ध परम्परामा दान कार्यबाट बौद्ध अभ्यास सुरु गरिने हुनाले पञ्जराँ पर्व दान अभ्यासको सुरुवातको रुपमा मनाउँदै आइएको छ। यस पर्वलाई हिन्दु धर्मालम्विले पनि महत्वपूर्ण पर्वको रुपमा मान्दै आएको पाइन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ