१९ वर्षे किशाेरीले केनिनकाे दबाब झेल्न सक्छिन् त?


विचार
आयाेमेल संवाददाता
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक

आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे


पछिल्ला केही ग्रान्ड स्लाम फाइनललाई आधार मान्ने हो भने अनुभव नै सबथोक रहने छैन। जस्तो, सन् २०१८ को यूएस ओपन टेनिसमा जापानकी नाओमी ओसाकाले अमेरिकी सेरेना विलियम्सलाई हराइन्।

तिनै ओसाकाले सन् २०१९ को अस्ट्रेलियन ओपनमा चेक गणतन्त्रकी पेट्रा कोभिटोभालाई पन्छाइन् । त्यही वर्षको विम्बल्डन फाइनलमा राेमानियाकी सिमोना हालेपले सेरनालाई पराजित गरिन्।

त्यसैले अहिले फ्रेन्च ओपनकाे महिला एकल फाइनलमा १९ वर्षीया इगा स्विटेकले सोफिया केनिनको सामना गर्नेछिन्।

त्यतिबेला अनुभवको धेरै अर्थ राख्ने छैन। बरू फाइनलको निर्णायक पक्ष हुनेछ, कम अनभुवी स्विटेकले ठूलो स्तरमा ग्रान्ड स्लाम जत्ति महत्त्वको खेल खेल्दा दबाब कत्तिको सहन सक्ने हो।

फ्रेन्च ओपनको इतिहास पल्टाउने हो भने पनि नयाँ र युवा खेलाडीका लागि रोलान्ड ग्यारोस ‘फलामको चिउरा’ चपाउनु जत्तिकै हुने गर्छ।

स्विटेक (तस्बिरमा) पनि लड्दै, ढल्दै, फेरि उठ्दै फाइनलसम्म पुगेकी हुन्। यसक्रममा उनले २३ गेम गुमाएकी छन्। उनलाई लिएर सबैभन्दा ठूलो समस्या भनेकै कम अनुभव रहेको छ।

अमेरिकी केनिन पनि त भर्खरकी खेलाडी हुन्, २१ वर्षमात्र भइन्। तर उनीसँग अनुभव भने बाक्लो छ। गत वर्षको अस्ट्रेलियन ओपन जितेको अनुभव उनको खातामा छ। उनी भन्छिन्, ‘मसँग अस्ट्रेलियन ओपनको अनुभव छ । मैले धेरै ठूला तनावपूर्ण खेल खेलेकी छु। त्यसैले म फाइनलमा राम्रो गर्न सक्ने छु भन्नेमा विश्वास गरिरहेकी छु।’

स्विटेक भने टेनिस इतिहासमा ८१ वर्षयता पहिलोपल्ट ग्रान्ड स्लाम टेनिसको फाइनल पुग्ने पोल्यान्डकी खेलाडी हुन्। स्वोटकले केनिनलाई जुनियर स्तरमा एकपल्ट हराएकी थिइन्।

त्यसलाई छाडेर सिनियर स्तरमा यी दुई खेलाडीको भेट भएको छैन। उनी पनि मान्छिन्, फाइनलमा आफू कति नआत्तिएर खेल्ने हो, त्यसमै निर्भर हुन्छ।

उनी भन्छिन्, ‘तर म त्यस्ता खेलाडी पनि हुँ, जसले दबाबमा अझ राम्रो खेल्ने गर्छ। त्यसैले दबाब आएर पनि एक प्रकारले राम्रो हो, किनभने म सुधारिएको खेलाडी हुनेछु।’

यस्तोमा उनी पनि आत्मविश्वासी देखिन्छन् । सेरेनाले चोटका कारण चाँडै प्रतियोगिता छाडेको अर्थमा यो पनि मान्न सकिन्न, महिला टेनिसमा पनि अब नयाँ पुस्ता आउँदै छ।

पुरुषतर्फकाे फाइनलमा भने स्पेनिस राफेल नाडाल र सर्वियाली नाेभाक जाेकाेभिचबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

क्लेकाेर्ट राजा नाडालले १३ ‌ओैं फ्रेन्च ओपन उपाधिका लागि खेल्नेछन्। जाेकाेभिचले एकपल्टमात्र पेरिसमा सफलता पाएका छन् । नाडालले २० ओैं ग्रान्ड स्लाम र जाेकाेभिच १८ ओैं ग्रान्ड स्लामका लागि आइतबार भिड्दै छन्।

–एजेन्सीको सहयोगमा ।

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा

कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम