नागरिकको जीवन जोगाउनु सरकारको प्राथमिकता- प्रधानमन्त्री 


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनालाई पूर्ण रुपमा नियन्त्रण गर्ने काममा सरकार केन्द्रित रहेको बताएका छन्।

‘कोरोनालाई न्यूनीकरणका साथै पूर्ण रुपमा नियन्त्रण गर्ने काममा लागेका छौं,’ एनआरएनए विश्व ज्ञान सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारको प्राथमिकता जनताको जीवन रक्षा गर्नु हो।’

कोरोनाका कारण नेपालीले ज्यान गुमाउन नपरोस चाहँदा चाहँदै सरकारले गरेको कतिपय प्रयास सफल हुन नसकेको उनको भनाइ थियो।

 प्रधानमन्त्री ओलीले कोभिडका कारण आर्थिक वृद्धिदर प्रभावित भएपनि हतास भइहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। 

‘कोभिडका कारण आर्थिक वृद्धिदरमा ठूलो धक्का लागेको छ,’ उनले भने,‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान साकार पार्न हामी प्रयासरत छौं। आर्थिक वृद्धिदर माथि उठ्न नसक्ने अवस्थामा हामी पुगेका छैनौं।’ 

प्रधानमन्त्री ओलीले कोरोनाबाट जोगिन घरेलु उपाय अपनाउन पुनः जोड दिएका छन्। हरेक नेपालीको भान्सामा अस्पताल रहेको बताउँदै उनले भान्सामा औषधि गुण भएका वस्तुको प्रयोग र सेवनमा उनले जोड दिएका छन्। 

गैर आवासीय नेपालीलाई आशावादीका रह्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकार सहकार्यको माध्यमबाट अघि बढ्न तयार रहेको बताए। 

प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगबाट कोरोनाविरुद्धको लडाइँ लडिएकाले नेपालका बहुमूल्य जडिबुटी र भान्सामा प्रयोग भइरहेका औषधिमय गुण भएका चिजको प्रयोग बढ्दो रहेको उल्लेख गरे। 

‘हाम्रा ज्ञान, अनुभव र सीपको प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ । महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौँ । यसमा गैरआवासीय नेपालीको पनि ज्ञान, सीप र लगानी हामी आह्वान गरिरहेका छौँ’ प्रधानमन्त्रीले भने। 
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप