प्रदेश २ : एमालेका दुई प्रदेश सांसदले रोजे एकीकृत समाजवादी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


प्रदेश २ का नेकपा एमालेका थप दुई प्रदेश सांसदले माधवकुमार नेपाल नेतृत्वको(एकीकृत नेकपा) समाजवादी रोजेका छन्।

एमाले सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले नेकपा(एकीकृत समाजवादी) रोजेका हुन्। विश्वकर्मा र गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर नेकपा(एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्।

यसअघि गत विहीबार एमालेका ११ प्रदेश सांसदले नेकपा(एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका थिए। एमालेका प्रदेश सांसदहरू विहीबार निर्वाचन कार्यालयमा सनाखत गराइरहँदा विश्वकर्मा र गुरुङ भने एमालेले बीरगंजमा बोलाएको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए।

नेकपामा विवादका बेला माधवकुमार नेपालतिर खुलेका दुवैजना एमाले प्रदेश कमिटीको बैठकमा सहभागी भएपछि नेकपा(एकीकृत समाजवादी) तर्फ नआउने आकलन गरिएको थियो। तर, आइतबार विश्वकर्मा र गुरुङ नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) को पक्षमा सनाखत गराएको नेकपा(एकीकृत समाजवादी) का प्रदेश सांसद शत्रुध्न महतोले जानकारी दिए।

एमालेका १३ जना नेकपा(एकीकृत समाजवादी) राजेपछि प्रदेश २ को प्रदेशसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा माधवकुमार नेपाल बलियो देखिएका छन्। दल विभाजनपछि एमालेका २१ मध्ये १३ प्रदेश सांसद नेकपा(एकीकृत समाजवादी) रोजेपछि प्रदेश २ मा एमाले कमजोर भएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु