भक्तपुरमा किशोरी बलात्कार गरेर भागेका दिपेश झापाबाट पक्राउ


विचार
आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा

आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति

आयाेमेल संवाददाता
फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो :…

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र


भक्तपुरको एउटा बसभित्र किशोरीलाई सामूहिक बलात्कारका मुख्य अभियुक्त दिपेश राई पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर भक्तपुरले पत्रकार सम्मेलन गरी उनीसहित तीनै जना अभियुक्तहरुलाई सार्वजनिक गरेको  हो । 

झापा झापा भद्रपुर नगरपालिका -१ पृथ्वीनगर बस्ने २१ वर्षीय दिपेशलाई झापा भद्रपुर नगरपालिका–८बाट प्रहरीले पक्राउ गरेको हो। 

उनलाई महानगरीय प्रहरी बृत जगातीका प्रहरी टोलीले भक्तपुर ल्याएको छ। 

चाँगुनारायण नगरपालिका–८ लिवालीस्थित तबियाखुसी खोला किनारमा बा. ३ ख २६१२ नम्बरको बसभित्र उनीहरूले किशोरीलाई बलात्कार गरेका थिए। 

प्रहरी टोली त्यहाँ पुग्दा एउटी किशोरी ‘अर्धचेत’ थिइन्। अनि, दुई युवक थिए।  प्रहरीले उनीहरूलाई नियन्त्रणमा असोज १६ गते बिहान ११ बजेतिर एक व्यक्तिले १७ वर्षीया ती किशोरीलाई रत्नपार्कबाट भक्तपुरको सूर्यविनायक पुर्याएका थिए। ती युवतीलाई पानीमा ‘लठ्याउने’ औषधी मिसाएर पिउन दिएका थिए। 

त्यसपछि उनले बसमै राखेर उनलाई भक्तपुर सूर्यविनायक पुर्याए । त्यहाँ उनका अरू साथी पनि थिए। 

औषधीले लठ्ठिएकी ती किशोरीलाई सूर्यविनायकमा एउटा नम्बर नखुलेको बसभित्र राखेर १७ गते रातिसम्म ‘जबर्जस्ती करणी’ गरेको प्रहरीले जनाएका थिए। 

त्यसपछि १७ गते राति नै उनीहरूले ती किशोरीलाई चाँगुनारायण नगरपालिकाको तबियाखुसी खोलामा पुर्याए । त्यहाँ पनि एउटा बस पार्किङ गरिएको थियो। त्यही बसभित्र उनीहरूले किशोरीलाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी परिसर भक्तपुर भक्तपुरका डिएसपी केशव थेवेले सिन्धुपाल्चोक साँगाचोकगढी–१० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका ४ घर भएका २१ वर्षीय सूर्य श्रेष्ठ यसअघि नै पक्राउ परेको जनाए।

र, याे पनि

रत्नपार्कमा औषधी खुवाएर लठ्याए, भक्तपुर लगेर रातभरि बलात्कार गरे

आफ्नै दाइले बलात्कार गरे, घरबाट निकालिइन्, काठमाडौंमै पनि ‘बच्न’ सकिनन् 

बलात्कृत किशोरी महानगर कल्याण समाज भक्तपुरको संरक्षणमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्झाउँदा पनि टेरेनन्, टारिदिए। त्यसमै

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो