कांग्रेस महाधिवेशन : शीर्ष नेता नै ‘रिङ्गआउट’ हुने जोखिम


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया शुक्रबारदेखि आरम्भ भएको छ। योसँगै कांग्रेस महाधिवेशनको अन्योल पनि हटेको छ।

महाधिवेशन प्रक्रिया सुरू भएसँगै कांग्रेस विधानमा राखिएको एउटा व्यवस्थाले शीर्ष नेताहरूलाई झस्काइ दिएको छ। र, विधानको त्यो व्यवस्था हो, महाधिवेशनमा पराजित भएपछि पार्टीको केन्द्रीय राजनीतिबाट ‘रिङ्गआउट’ हुने।

कांग्रेस केन्द्रीय कार्यसमिति कस्तो हुने विधानको दफा २१ मा व्यवस्था गरिएको छ। दफा २१ को उपदफा १ देखि ९ ले पार्टी सभापतिदेखि पदाधिकारी तथा केन्द्रीय सदस्यहरू निर्वाचित भएर कार्यसमितिमा आउनुपर्ने व्यवस्था गरेको छ।

यसअघिको विधानले महाधिवेशनमा पराजित नेताहरूलाई पदाधिकारीमा मनोनित गर्ने अधिकार सभापतिलाई प्रत्यायोजन गरेको थियो। तर, कांग्रेसको संशोधित विधानले पराजित नेताहरूलाई केन्द्रीय समितिमा मनोनित गर्ने व्यवस्थाको परिकल्पना गरेको छैन। जसका कारण पदाधिकारी वा केन्द्रीय समितिमा पराजित हुने नेता पार्टी राजनीतिबाट पाँच वर्षका लागि ‘रिङ्गआउट’ हुने सम्भावना बढेको छ।

१३ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय थियो। विधान संशोधन गरेर अहिले केन्द्रीय समिति १३६ सदस्यीय बनाइएको छ। यसअघि ६४ सदस्यका लागि निर्वाचन हुने भए पनि अहिले १३६ जना निर्वाचित हुनेछन्।

विधानले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशी आधारमा आठ सहमहमान्त्री महाधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ।

केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट सभापतिले एकजनालाई कोषाध्यक्ष मनोनित गर्ने विधानमा उल्लेख छ।

यसैगरी प्रत्यक्षबाट ३५, महिला ९, प्रदेशगत तहको हिसाबले प्रत्येक प्रदेशबाट एकजना महिला रहने गरी २१, समावेशी समूहबाट ५४, अल्पसंख्यक र अपाङ्गता गरी २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

यसअघि सभापतिसँग पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार थियो। त्यही अधिकार प्रयोग गरेर सभापतिले पराजित भएका नेतालाई केन्द्रीय समितिमा मनोनित गर्थे।

१४ औं महाधिवेनका लागि अहिले ८ जनाभन्दा बढी सभापतिका लागि आकांक्षी देखिएका छन्। यसैगरी सभापतिबाहेक पदाधिकारीका अन्य पदहरूमा पार्टीका शीर्ष नेताहरू नै चुनावी मैदानमा उत्रिने छन्।

उपसभापति, महामन्त्री र सहमहान्त्री गरी ४० भन्दा बढी नेताहरू प्रतिस्पर्धामा भिड्ने आकलन गरिएको छ। उनीहरूमध्ये निर्वाचित हुने एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ जनाबाहेक बाँकी सबै पाँच वर्षका लागि पार्टी राजनीतिबाट ‘रिङ्गआउट’ हुने निश्चित छ। किनभने पराजित भएका नेतालाई पदाधिकारीमा मनोनित गर्ने अधिकार सभापतिलाई विधानले दिएको छैन।

शीर्ष नेताहरू नै ‘रिङ्गआउट’ हुने विधानको यो व्यवस्थाले पार्टीलाई कमजोर बनाउने तर्क कांग्रेसभित्र गरिएको छ। शीर्ष नेतालाई मनोनित गर्ने सभापतिको अधिकार खोसिँदा केन्द्रीय कार्यसमितिभित्र अनुभवी नेताहरूको कमि खटकिने कांग्रेसका कतिपय नेताहरू बताउँछन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट केन्द्रीय सदस्य रामकृष्ण यादव सभापति र पार्टीलाई कमजोर बनाउने विधानको यो व्यवस्था संशोधन गरिनुपर्ने बताए।

‘सबै नेताहरूको सहमतिमै विधान तयार पारिए पनि यो व्यवस्था उपयुक्त भएन,’ यादव भन्छन्,‘महाधिवेशनमा पराजित भएका नेता पार्टीको राजनीतिबाट बाहिरिने सम्भावना देखियो। यसलाई सच्याइनु पर्दछ।’

१३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापतिमा पराजित भए। यसैगरी अर्जुननरसिंह केसी र गगन थापा महामन्त्रीमा पराजित भएका थिए भने चित्रलेखा यादव र उमाकान्त चौधरी कोषाध्यक्षमा पराजित भए। उनीहरू पराजित भए पनि सभापति शेरबहादुर देउवाले विधानले दिएको अधिकार प्रयोग गरेर उनीहरू सबैलाई केन्द्रीय समितिमा मनोनित गरे। तर, अहिलेको संशोधित विधानले सभापतिलाई त्यो अधिकार दिएको छैन।

तर, कांग्रेसका अर्का केन्द्रीय सदस्य महेन्द्र यादव संशोधन गरिएको विधान ठीक रहेको र यसले पराजित हुने शीर्ष नेतालाई केन्द्रीय समितिमा मनोनित गर्न कुनै बाधा नपुग्ने तर्क गर्छन्।

पदाधिकारीमा पराजित भएका नेताहरू विधानको दफा २१ को उपदफा १० बमोजिम सभापतिबाट केन्द्रीय सदस्यमा मनोनित भएर केन्द्रीय समितिमा आउनसक्ने उनको भनाइ छ।

‘पौडेल र सिटौलाजीहरू पछिल्लो महाधिवेशनमा पराजित हुँदा पनि सभापतिबाट केन्द्रीय सदस्यहरूमा मनोनित हुनुभयो,’ यादव भन्छन्,‘पराजित भएका शीर्ष नेताहरू सभापतिले चाहेमा अहिले पनि मनोनित भएर आउन सक्नु हुन्छ।’

विधानको दफा २१ को उपदफा १० ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ। तर, विधानले त्यसका लागि ‘क्लस्टर’ तोकिदिएको छ।

‘कम्तिमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएका क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्नेछ,’ उपदाफ १० मा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको