सडकमा निस्केका अफगानी महिलामाथि तालिबानले कुटपिट गरे


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिवान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन्। तालिवानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए।

महिला अधिकार सुनिश्चितको माग गर्दै राष्ट्रपति भवनतर्फ बढेका प्रदर्शनकारीलाई तालिवान लडाकूले टियर ग्याँस र पानीको छर्रा फालिदिएका थिए। महिलाको प्रदर्शन नियन्त्रणबाहिर गएको तालिवानले आरोप लगाएको छ। 

प्रदर्शनकारी महिला सोरयाका अनुसार तालिवानले केहीलाई बन्दूकको कुन्दाले हिर्काएर रक्ताम्य बनाएका थिए। महिलाले हेरात प्रान्तमा पनि प्रदर्शन गरेका थिए। उनीहरुले काम गर्न पाउने अधिकार र तालिवान सत्तामा आफ्नो सहभागिताको सुनिश्चतताको माग गरेका थिए। 
 
तालिवानले छिट्टै नयाँ सरकार गठन गर्ने बताइरहेका छन्। तालिवानले महिलालाई सरकारका बिभिन्न अंगमा सहभागीताको अवसर दिने  बताए पनि महिलामन्त्री नबनाउने बताउदै आएका छन्। 

यसअघि सन् १९६६ मा तालिवान सत्तामा हुँदा महिलाहरुलाई विभिन्न अधिकारबाट बञ्चित गरेकोले अहिले पनि महिला अधिकार कटौती हुन सक्ने चिन्ता अधिकारबादीहरुको छ।

त्यतिबेला महिलालाई सम्पूर्ण शरिर ढाक्ने लुगा लगाउन बाध्य पार्नुका साथै सामान्य गल्तीमा पनि यातना दिन्थे। त्यस्तै, तालिवानले १२ वर्ष माथिका बालिकालाई बिद्यालय जान प्रतिबन्ध लगाएका थिए। 

‘२५ वर्षअघि तालिवानले मलाई विद्यालय जान रोकेका थिए,’ पत्रकार अजिता नाजिमी भन्छिन्, ‘उनीहरुको शासन समाप्त भएपछि मैले २५ बर्ष मिहिनेत गरेर अध्ययन गरे। महिलाले त्यस्तो दिन फेरी भोग्नु नपरोस।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु