अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीचकाे वार्ता निष्कर्षविहीन


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोली शुक्रबार रातिसम्म भएकाे वार्ता बिना निष्कर्ष टु‌ंगिएकाे छ ।

बिहीबार बसेको दुवै पक्षबीचको वार्ता भने सहमति नजिक पुगेकाे जनाइएकाे थियाे। तर त्यसबाट सरकारी वार्ता टाेली पछि हटेकाे हाे। 

शुक्रबार दिनभर आलटाल गरेकाे र वार्तामा बाेलाए पनि हिजाेकाे सम्झाैताबाट पनि पछाडि हटेपछि वार्ता निष्कर्षविहीन बनेकाे हाे।

अनशनरत डा केसीकाे तर्फका वार्ता टाेली संयाेजक जीवनबहादुर क्षेत्रीले हिजाे वार्ता टाेलीले तयार पारेकाे मस्याैदाबाट सरकार पछि हटेकाे बताए। उनले सरकारले छलछाम गर्न चाहिरहेकाे र अनशनरत डा केसीकाे जीवन जाेखिममा पार्न चाहेकाे बताए।

उनले अब भाेलिका सशक्त दबाबमूलक कार्यक्रम ल्याइने जानकारी गराए।

डा. केसी निकट स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।

सरकारी टोलीका सदस्यहरूले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णय लिने भनेपछि शुक्रबार पुन: बस्ने गरी अघिल्लाे दिन वार्ता टु‌ंगाेमा पुग्न नसकेको हो।

डा. केसीले आधार मिचेर गरिएका ती नियुक्त्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न तथा विश्वबिद्यालय, काउन्सिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन्।

शुक्रबार बिहानैदेखि डा. केसीको श्वासप्रश्वासमा समेत समस्या आइरहेको छ। शरीरमा अक्सिजनको मात्रा घट्दै गएको र निमोनियाँको लक्ष्यण देखिएको चिकित्सकहरुले बताएका छन्।

अनशनरत डा केसी लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका छन्। उनको यो १९ औँ अनशन हो ।

गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो।

उनको माग सम्बोधनका लागि सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव डा. गोपीनाथ मैनाली र केसी पक्षबाट डा. जीवनबहादुर क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख