बाहिर कोरोना कोलाहल, स्वास्थ्य मन्त्रालय सुनसान


विचार
आयोमेल संवाददाता
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष

आयोमेल संवाददाता
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ।

आयोमेल संवाददाता
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना


पूरै शून्यता।

तर, मान्छेभन्दा गाडी धेरै।

यतिबेला निकै चहलपहल हुनुपर्ने, स्वास्थ्य मन्त्रालय मौन छ। लाग्छ, कुनै शोकमा उसले झन्डा झुकाइरहेको छ। 

हरेक दिन मान्छेको भीडले खुट्टा टेक्ने ठाउँ नहुने मन्त्रालय यतिबेला सुनसान छ।

प्राङ्गणमा गाडी नै गाडी।

मन्त्रालयमा सर्वसाधारण निकै कम देखिन्छन्।

परिसरमा गाडी देख्दा लाग्छ भित्र निकै भीडभाड छ।

स्वास्थ्य मन्त्रालय कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कस्सिएको छ।

तर, भित्र पुग्दा दृश्य विल्कुल भिन्न।

मन्त्रालयमा न सबै कर्मचारी छन्, न सेवाग्राही।

धेरैजसो कार्यकक्ष खाली छन्।

कर्मचारी भएकोमा चियाकफी दिने सहयोगीको आउजाउ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विज्ञ सल्लाहकार बाहिर।

माननीय मन्त्री बाहिर। … बाहिर।

माननीय राज्यमन्त्री व्यस्त।

अधिकांश कोठामा नेम प्लेटमा यस्तै लेखिएको छ।

मुलुक कोरोना भाइरस संक्रमणको दलदलमा फस्दै गइरहेको छ।

यतिबेला मन्त्रालयमा वृहतमात्रामा छलफल, बहस हुनुपर्ने हो।

भाइरसबाट बच्न र बचाउन रणनीति तयार गर्नुपर्ने हो।

सबै कर्मचारी, मन्त्री, स्वास्थ्यविज्ञ र अन्य सरोकारवाला निकायबीच समन्वय परामर्श हुनुपर्ने हो। 

तर, लाग्छ यहाँ त कोही छैन। 

मन्त्रालय हो कि गाडि पार्किङ स्थल।

बजारमा हिजो अस्तिभन्दा सर्वसाधारणको भीडभाड निकै कम छ।

आमसर्वसाधारणमा भाइरसको डर पलाएको छ।

अझ काठमाडांै त कोरोना भाइरसको ‘इपिसेन्टर’ नै बनेको छ।

बिहीबार देशभर ३ हजार ४ सय ३९ जना नयाँ संक्रमित थपिए।

तीमध्ये उपत्यकामा मात्रै १ हजार ६ सय ८४ छन्।

तीमध्ये पनि काठमााडौंका १ हजार २ सय ९६ जना।

मुलुकभर भाइरस संक्रमण फैलिँदै गएको भए पनि मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि केही गर्न सकेको छैन।

भाइरस संक्रमण रोकथाम गर्न नीति–रणनीति तयार गरी सार्वजनिक स्वास्थ्य जोगाउन ध्यान दिनुपर्ने बेला हो यो।

तर, मन्त्रालयले बारम्बार एउटै कुराको हठ लगाइरहन्छ।

२५ हजारबढी सक्रिय संक्रमित भए हामी थेग्न सक्दैनौ।

स्वास्थ्य संरचनाले धान्दैन्।

आफै संयमित हुने बेला हो।

बेहोस हुने अवस्था आएमा मात्रै अस्पताल आउनुस्।

मन्त्रालयले यो बेला यस्ता जानकारी–सूचना फुक्दै हिँड्ने बेला पक्कै होइन।

यो त निर्माण गरिएका स्वास्थ्य मापदण्ड पालना गरी व्यवहारमा उतार्ने बेला हो।

स्वास्थ्य संरचनाको व्यवस्थापन गर्ने सरोकारवाला निकायबीच समन्वय गर्ने बेला हो।

महामारीमा सबैभन्दा जिम्मेवार निकाय हो स्वास्थ्य मन्त्रालय।

तर, यतिबेला लाग्छ मन्त्रालय नभई सूचना फुक्ने निकाय हो।

मात्रै आज यतिमा संक्रमण।

यतिको मृत्यु, यतिजना डिस्चार्ज। 

यो तथ्यांक फुक्नका लागि मात्रै स्थापना भएको निकायजस्तो।

मन्त्रालयले भन्ने गरेको थेगो हामी गरिरहेका छौं, मन्त्रालय लागिरहेको छ।

गरिरहेको भएपछि लागिरहेको भए अहिले परिणाम देखिनुपर्ने।

मन्त्रालयको परिणाम अर्थात नतिजा शून्यसरह छ।

त्यहाँ अहिले न रणनीति निर्माण गर्ने मान्छे छन् न त सर्वसाधारण।

मन्त्रालयमा भेटिएका एक सर्वसाधारण भन्दै थिए– मन्त्रालय त निकै सुनसान भएछ।

बल्ल डराए सर्वसाधारण। भाइरसबारे बल्ल थाहा पाएछन्।

उनी आफैलाई पनि डर लागिरहेको छ। 

‘कसलाई लागेको छ, के थाहा कतिबेला कहाँबाट सर्छ कहाँबाट,’ उनी भन्दै थिए।

मन्त्रालयको गेटमा एकजना प्रहरी डिउटीमा छन्। 

काम, भित्र आउनेलाई निगरानी गर्ने।

‘के काम थियो? बाइक भए यता राख्नुस्।’

र, सवारी भित्र जान दिन डण्डी उठाउने यति।’

सवारी बाहिर्‌याउने र भित्र्याउने काम।

गेटमा राखिएको खुट्टाले थिच्ने फलामको डन्डी खाली छ।

त्यसमा न स्यानिटाइजर छ, न स्यानिटाइजरको डिब्बा।

मन्त्रालय भवनको ढोका नजिकै हात थाप्दा अटोमेटिक स्यानिटाइजर हुने मेसिन राखिएको छ।

सेन्सर डोरमा हातमा कार्ड बोकेर एकजना बसेका छन्।

काम के हो? कसलाई भेट्ने यति सोध्छन् र ढोका खोल्छन्।

मन्त्रालयले हरेक दिन भन्छ, सुरक्षित रहौं। स्वास्थ्य मापदण्डको पूर्णपालना गरौं। 

यसपालिको दसैं जो जहाँ छौं त्यहीँ मनाऔं।

सकेसम्म काठमाडौं नआऔ।ं

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कौं।

र, हरेक दिन भन्छ, संक्रमित मृतक र निको हुनेकोे संख्या।

काठमाडौंमा निकै जोखिम छ। यतिबेला काठमाडौं भाइरसको ‘हटस्पट’ बनेको छ।

बिहीबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कूल सक्रिय संक्रमितमध्ये ६० प्र्रतिशत काठमाडौंमा रहेको जानकारी दिएका थिए।

उनले यसरी नै संक्रमित बढ्दै गए स्वास्थ्य संरचनाले धान्न नसक्ने बताएका थिए।

यति मात्रै होइन गौतमले भोलि आफूले समेत बेड नपाउने अवस्था रहेको जानकारी दिएका थिए।

मन्त्रालयको पहिलो र दोस्रो तला खालिखाली छ।

शुक्रबार मन्त्रालयतिर बरालिँदा त्यस्तै देखियो।

मन्त्रालयका एक कर्मचारी भन्छन, ‘कोरोना संक्रमणको खबर फैलिएदेखि नै मन्त्रालयमा भीडभाड कम हुन थालेको छ। अहिले त कर्मचारी बाहेक आउँदैनन्।’

मन्त्रालयमा कर्मचारी, जनसरोकारका विभिन्न विषय लिएर पुग्ने गर्छन्। कोरोना त्रास फैलिएपछि मानिस बाहिर कम निस्कन थालेको प्रभाव मन्त्रालयमा देखिएको छ।

मन्त्रालयमा आउने सर्वसाधारण करिब ८० प्रतिशतले घटेका छन्।

मन्त्रालय आउने सर्वसाधारण मात्रै घटेका छैनन्। 

कर्मचारी पनि घटेका छन्। 

शुक्रबार कार्यालय समयमा पुग्दा कर्मचारीका धेरै कुर्सी खाली देखिए।

प्रत्येक तलामा अटो स्यानिटाइज मेसिन छ।

सधैं भीडभाड र अस्तव्यस्त भइरहने मन्त्रालयमा करिब २० मिनेट बस्दा सुनसानसरह थियो।
सेवाग्राही जम्मा चारजना मात्रै देखिए।

शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ।

संक्रमितमध्ये ६ सयले ज्यान गुमाएका छन्।

आयाेमेल प्याकेज : ‘अस्वस्थ’ स्वास्थ्य मन्त्रालय 

ईश्वर पोखरेलको सिसिएमसी : काम न कमान्ड

‘जागिरे’ स्वास्थ्यमन्त्री, ‘गुट’ जस्तो मन्त्रालय

स्वास्थ्य मन्त्रालय : आफू गतिलो गर्छ न विज्ञले भनेको मान्छ

अनि नलागोस् त कोरोना…

बाहिर कोरोना कोलाहल, स्वास्थ्य मन्त्रालय सुनसान

‘यो, त्यो होइन, सरकारले केही गर्न सकेन, स्वास्थ्य मन्त्रालय लाचार भयो’

कोरोनासँग यसरी जुधिरहेका छन् ठूला देश 

डा. जागेश्वर गौतम किन ‘उटपट्याङ’ बोल्छन्?


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचका भेटवार्ता सकिएको छ। दुवै शीर्ष नेताबीच

खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन

सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको

महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक