तालिबानी बन्दुकले छेक्न खोज्दैछन्, अफगानी सपनाहरू


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


‘कोही आफन्तबिना किन एक्लै बाहिर निस्केकी?’ पहेंलो कारको पछाडि सिटमा एक्लै बसिरहेकी एक अफगानी किशोरीलाई तालिबानका सुरक्षा गार्डले सोधिरहन्छन्– किन कोही लोग्नेमान्छेबिना आएकी? तिम्रा पति कहाँ छन्?

र, त्यो ट्याक्सीलाई पनि तालिबानको एउटा ‘चेक प्वाइन्ट’तिर लगिन्छ जहाँ काला थोप्ला भएका सेता तालिबानी झन्डाहरू फहराइरहेका हुन्छन्।

अफगानिस्तानमा अहिले के गर्न अनुमति छ अनि के अनुमति छैन?

टाउकामा पगरी गुथेका अनि काँधमा राइफल भिरेका एकजना तालिबानी लडाकुले उनलाई आफ्नो पतिलाई बोलाउन भन्छन्। अनि ती युवतिले आफूसँग मोबाइल फोन नभएको बताउँछिन्। अनि फेरि ती लडाकुले अर्को एउटा ट्याक्सीलाई आदेश दिन्छन् – उनको घर गएर उनका पतिलाई ल्याएर यहाँ आउनू!

लाग्छ काबुलका सडकहरू अहिले अनेक अनिश्चिताहरूले जाम भएको छ।

सहर हेर्दा लाग्छ, यो उही सहर हो, जस्तोको त्यस्तै छ। तर यो होइन, यो सहर अनि यी सडकहरू धेरै फेरिइसकेका छन्। वास्तविकताभन्दा धेरै पर छन् जो हामी देखिरहेका छौं।

काबुल अहिले तालिबानको शासनमा छ। सडकभरि तालिबानी लडाकुहरू छन् अनि उनीहरूका आदेश।

‘तपाईंहरू यहाँका मानिसहरूसँग कुरा गर्दा निकै सावधान रहनुहोला। किनकि यो देशले धेरै कुराहरू झेलिसकेको छ। धेरै भोगाइहरू छन्। कृपया अलि शान्त रहनुहोला’ अमेरिकी सैनिक फिर्ता हुनुभन्दा एकदिन अघि आफ्ना लडाकुहरूले घेरिएका तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एउटा पत्रकार सम्मेलनमा भनेका थिए।

केही भनिरहन सायद जरूरी छैन। कसैले नसोचिरहेको बेला एकदमै रफ्तारमा अघिल्लो महिना तालिबानले काबुल नियन्त्रणमा लियो। यो एकदमै छिटोछिटो भएको थियो। र सारा अफगानलाई सायद यो कुरा थाहा छ तालिबानी शासनको यो दोस्रो ‘इनिङ’ कस्तो हुनेछ भनेर।

सायद यहाँका पुरूषहरूले फेरि पनि आफ्ना दाह्री काट्ने छैनन्। बरू त्यसलाई बढाउनेछन्। महिलाहरूले फेरि एउटा कालो बुर्काले आफ्नो अनुहार ढाक्नुपर्नेछ। अनि आफ्ना कपडाहरूले शरीर नाप्नुपर्नेछ ताकि कतै छोटो भएर शरीरका कुनै पनि भागहरू नदेखियून्।

यति धेरै अनिश्चितता अनि यति धेरै डर!

ध्वस्त सपनाहरू

मरियम रजईलाई थाहा थियो, जब काबुल ‘कोल्याप्स’ भएपछि के हुन्छ?

अगस्ट १५, तालिबानका लडाकुहरू काबुलका सडकमा फिजिइसकेका थिए। उनले न्यायाधिवक्ताको कार्यालयमा महिला वकिलहरूका लागि एउटा कार्यशालामा भाग लिइरहेकी थिइन्।

‘हामीले यो कार्यशाला अघि बढाउनुपर्छ’ उनको कक्षामा एकजना उत्साही महिला सहभागीले भनिरहेकी थिइन्। जब कि काबुलका सडकमा खतराका हरिया झन्डा लहराइसकेका थिए।

तर तत्कालै खबर आयो उनका सबै ‘सिनियर’हरूले राजीनामा दिए। अनि उनी पनि आफ्ना बच्चाहरूसँग एउटा सुरक्षित घरतिर लागिन्।

उनकी एक तीन वर्षीया छोरी छिन्। उनले भनिरहन्छिन् कि उनी इन्जिनियर बन्न चाहन्छिन्। झ्यालका प्वालबाट छिरेका घामका किरणहरू माटोले बनेको उनको घरको एउटा कुनामा छोरी निलोफरका प्लाष्टिकका रंगीन घरहरूमा टल्किरहेका थिए।     

तालिबानले भनेको त छ, महिलाहरूलाई उनीहरूको अधिकारबाट वञ्चित गरिनेछैन। तर यसमा धेरैले विश्वास गर्न सकिरहेका छैनन्।

रजईजस्ता धेरै महिलाहरूलाई भनिएको छ कि यो ‘अनिश्चितताको समयमा कार्यालय नआउनू।’ सहर फेरि त्यही जीवनमा फर्किन्छ कि फर्किन्न? के उनीहरूलाई फेरि काममा जाने अनुमति होला? यस्ता प्रश्नहरूले अहिले धेरैलाई त्रास पैदा गरेको छ।

‘शिक्षित हुनु मेरो पनि अधिकार हो। मसँग कुनै राम्रो जागिर होस्। म पनि समाजको निर्णायक तहमा सहभागी हुनु पाउनुपर्छ’ केही समयअघि रजईले भनेकी थिइन्।

र, आज उनी भनिरहेकी छिन् कि ‘मेरा सारा सपनाहरू अब समाप्त हुँदैछन्’ र, यो भन्दै गर्दा उनको गला अवरुद्ध हुन्छ।

धेरै मानिस त यो सहर छोडेर भागिसकेका छन् र केही यही सहरमा आफ्ना सारा खुसीहरूसँग टाढा टाढा भागिरहेका छन्।

तालिबानका लडाकुहरू अहिले काबुलका घरघर पसिरहेका छन्। उनीहरूले हरेक घरका ढोका ढक्ढक्याइरहेका छन् र त्यहाँका नागरिकसँग भएका सरकारी गाडी, फोन अनि अरू पनि सरकारी सामानहरू फिर्ता मागिरहेका छन्। जो सरकारी जागिरेले प्रयोग गर्दै आएका थिए।

कुनै पनि भ्रष्टाचार नगरी कसरी एउटा अफगानी कार चढ्न सक्छ? भन्ने शंका लाग्यो कि तालिबानले निजी कार तथा गाडीहरू पनि नियन्त्रणमा लिन थालेका छन्।

तालिबानका सडकसम्मै मानिसको लाइन देखिन्छ। उनीहरू बैंकको ढोका खुल्ने समय कुर्दै छन्। तर धेरै बैंकहरू रित्तिइसकेका छन्। उनीहरूसँग पैसा छैन। बैंकका धेरै एटिएमहरू पनि बन्द भइसकेका छन्। किनकि त्यसमा बैंकहरूले पैसा राख्न सकेका छैनन्।

‘केही पैसा लिन सकिन्छ कि भनेर म यहाँ दिनदिनै धाइरहेको छु’ लाइन लाग्दा लाग्दा दिग्दार भएका एकजना अफगानी भन्छन् ‘यो त अझ धेरै पछाडि धकेलिने सुरूवात हो।’

सहरभन्दा केही परका गाउँहरूमा अलि शान्त छन्। त्यहाँ सहरको जस्तो त्यत्ति धेरै मानिसहरू डराएका छैनन्। तर त्यो पनि लाग्छ मुर्दा शान्तिजस्तै हो।

भोक र शोकले पिरोलिएका अफगानीहरूले अब अमेरिकी सैनिकले छोडेर गएका युद्धक विमानहरू हेरिरहेका छन्। यी भोका र वर्षौंसम्म बाँच्नकै लागि संघर्ष गर्दै आएका लाखौं अफगानीका लागि अफगानिस्तान अलिकति पनि बदलिएको छैन। बरू अनिश्चितताका बादलहरू बाक्लिएका छन्।

केही झिना आशाहरू भने बाँकी छन् कि अब पुराना आदेशहरू समाप्त हुनेछन् र केही नयाँ हुनेछ। हरेक क्षण मानिसका यस्तै पर्खाइमा बितिरहेका छन् कि यो परिवर्तन पक्कै एक दिन हुनेछ।

‘यो एउटा इतिहास हो र यही सत्य हो, म मेरा आँखाले जे देखिरहेको छु त्यसमा पटक्कै विश्वास गर्न सकिरहेको छैन’ अफगानका एकजना पत्रकार अहमद मङ्लीले भने।

उनी अफगानिस्तानका एक स्वतन्त्र पत्रकार हुन्। २० वर्षदेखि उनी काबुलमै कार्यरत छन्। त्यो बेला तालिबान सत्ताबाट हटाइएको थियो।

र अहिले उनी अमेरिकी सैनिकले काबुल विमानस्थलबाट अन्तिम उडान भर्दै गर्दा ती सैनिकले फ्याँकेका च्यातिएका र थोत्रा भएका युद्ध सामग्रीहरू थुप्रिएको एउटा ग्रामीण सकडमा कुराकानी गरिरहेका थिए।

‘तालिबानले अहिले भनिरहेका छन् कि उनीहरूले मिडियालाई राम्रोसँग कोअर्डिनेट गर्नेछन्। तर सबैजनासँग बन्दुक छ। उनीहरू सबैले सोच्छन् कि उनीहरू हरेकजना मानौ ‘राजा’ नै हुन्’ उनी भन्छन् ‘मलाई थाहा छैन यो खतरालाई मैले कतिसम्म थेग्नसक्छु। तर म यो इतिहासको एउटा साक्षी बन्न चाहन्छु।’

अफगानिस्तानमा एउटा नयाँ इतिहासको फेरि सुरूवात भएको छ र त्यो पुरानो इतिहासको अन्त्य भएको छ।  

सेता गाउन अनि रातो लिपिष्टिकले ओंठ रंग्याएकी नव दुलहीका होर्डिङबोर्डहरू अब कालो रंगले पोतिएका छन्। भित्तामा कोरिएका साहसी पत्रकार, प्रतिवद्ध डाक्टरहरू अनि युद्धपछि शान्तिको कथा भन्नेहरूका तस्विर मेटाइएका छन्। 

अफगानिस्तानमाथि कथा अनि कविता लेख्नका लागि मानिसले फेरि एकपटक ‘शब्द-संघर्ष’ गर्न थालेका छन्।

‘सायद अबका पुस्तकहरू हाम्रा डर मिसिएका मुस्कान र आँशुले भरिएका हुनेछन्’ मसूद खलिलीलाई थाहा छ अब अफगानिस्तानको नियति अनि पुस्तकहरूमा छापिने शब्दहरू कस्ता हुनेछन् भन्ने। बिबिसीकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु