‘यो, त्यो होइन, सरकारले केही गर्न सकेन, स्वास्थ्य मन्त्रालय लाचार भयो’


विचार
आयाेमेल संवाददाता
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक

आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापा कोरोना संक्रमित भएका छन्।

एक साताअघि थापालाई कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित भएपछि उनी अहिले होम आइसोलेसनमा छन्।

संक्रमित हुनु अघिदेखि थापा कोरोना नियन्त्रणका लागि गरिनुपर्ने पूर्वतयारीका विषयमा सरकारमाथि प्रश्न उठाउँदै आइरहेका छन्। तर, सरकारले कोरोनाबाट आमनागरिकलाई जोगाउन सरकारका तर्फबाट ठोस कदम नउठाइएको उनको आरोप छ।

थापाले सरकारको लापरबाहीका कारण कोरोना महामारीले अहिले भयावह रूप लिएको बताउँछन्। कोरोनाको नाउँमा सरकारले नेपाली जनतालाई ‘लकडाउन’ बाहेक अरू केही दिन नसकेको उनको भनाइ छ।

थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि सात महिना अवधिमा स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने काम केही गर्न नसकेको आरोप लगाए।

‘पर्याप्त समयका हुँदाहुँदै स्वास्थ्य मन्त्रालयले केही गर्न सकेको छैन,’ थापाले शुक्रबार आयोमेलसँग भने, ‘कोरोना नियन्त्रणका लागि सरकारसँग पर्याप्त समय थियो। तर, यस अवधिमा नचाहिने सबै काम भएको छ, चाहिने काम केही हुनसकेको छैन।’

स्वास्थ्य मन्त्रालयले चाहेको भए धेरै काम गर्न सक्ने भए पनि केही नगरेको थापाको भनाइ छ।

सम्पूर्ण स्रोतसाधन उपलब्ध हुँदाहुँदै जनस्वास्थ्यको ख्याल नगरी सरकार र स्वास्थ्य मन्त्रालयले यस अवधिमा लाचारीमात्र प्रस्तुत गरेको उनको आरोप छ। 

‘स्वास्थ्य मन्त्रालयले पूर्वतयारी गर्न सकेन, त्यसकै प्रतिफल आज नेपाली नागरिकले भोग्नुपरिरहेको छ,’ थापा भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले कोरोनाबारे फागुनमै जानकारी पाइसकेको थियो, धेरै कुरा गर्न सकिन्थ्यो। तर, केही भएन।’

परीक्षण, संक्रमितलाई छुट्टै राख्ने, संक्रमितको सम्पर्कमा आएकाको पहिचान गर्ने, अस्पतालको सेवा सुविधा बढाउने जस्ता महत्वपूर्ण कार्य गर्न पर्याप्त समय हुँदाहुँदै स्वास्थ्य मन्त्रालय हात बाँधेरमात्र बसि रहेकाृ थापाले बताए।

‘यो र त्यो होइन, सरकारले केही गर्न सकेन,’ उनले भने, ‘नियन्त्रण नै गर्न नसक्ने गरी नेपालमा कोरोना आएको हैन, मन्त्रालयले सिस्टम बनाउन सकेको जस्तो लागेको छैन।’ महिनौंसम्म ‘लकडाउन’ गरेर पाएको पर्याप्त समय सरकारले खेर फालेको उनको भनाइ छ।

कोरोनाबाट नागरिकलाई जोगाउन प्रधानमन्त्रीलाई पटकपटक आफूहरुले आग्रह गरे पनि उहाँले सोच्न नसकेको थापाले आरोप लगाए। 

सरकारले समयमा तदारुकता नदेखाउँदा अहिले संक्रमितलाई उपचार गराउन अस्पतालमा बेड, आइसियु र भेन्टिलेटरक अभाव देखिएको उनले बताए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउनमात्र विकल्प नरहेको भन्दै पूर्वस्वास्थ्यमन्त्री थापाले चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञलगायत व्यक्तिसँग परामर्श गरेर ठोस उपाय अपनाउनतर्फ सरकारलाई कदम उठाउन आग्रह गरेका छन्।

‘साइन्स नपढेकाहरू वेबकुफ हुन्’ भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको अभिव्यक्तिप्रति थापाले टिप्पणी गर्दै बेतुकको कुरा भनेका छन्। 

‘साइन्स नपढ्ने जति बेवकुफ हुन् भनेर यदि उहाँले भन्नुभएको छ भने, त्यसमा प्रधानमन्त्री पनि पर्नुहुन्छ, किनभने उहाँले साइन्स पढ्नु भएको छैन,’ थापाले भने। 

कोरोना रोकथाम र नियन्त्रणतर्फ ध्यान नदिई सरकारका जिम्मेवार व्यक्तिहरूले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको उनको भनाइ छ।

आयाेमेल प्याकेज : ‘अस्वस्थ’ स्वास्थ्य मन्त्रालय 

ईश्वर पोखरेलको सिसिएमसी : काम न कमान्ड

‘जागिरे’ स्वास्थ्यमन्त्री, ‘गुट’ जस्तो मन्त्रालय

स्वास्थ्य मन्त्रालय : आफू गतिलो गर्छ न विज्ञले भनेको मान्छ

अनि नलागोस् त कोरोना…

बाहिर कोरोना कोलाहल, स्वास्थ्य मन्त्रालय सुनसान

‘यो, त्यो होइन, सरकारले केही गर्न सकेन, स्वास्थ्य मन्त्रालय लाचार भयो’

कोरोनासँग यसरी जुधिरहेका छन् ठूला देश 

डा. जागेश्वर गौतम किन ‘उटपट्याङ’ बोल्छन्?


प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा

कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम