कोरोनासँग यसरी जुधिरहेका छन् ठूला देश 


विचार
आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे

आयोमेल संवाददाता
राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा


कोभिड–१९लाई माथ दिँदै विजय प्राप्त गरेका राष्ट्र न्युजिल्यान्ड, अहिले विश्वमै ‘उदाहरण’ बनेको छ।

संसारलाई गाँजेको कोरोना कहरबाट यो देश यसरी उम्किएको छ कि सारा विश्वले नेतृत्व गर्ने पक्षको वाहवाही गरिराखेको छ। आखिर नगरुन् पनि किन? 

नेतृत्व गर्ने सरकारले आफ्नो पकड राखेर संक्रमणलाई नियन्त्रण गरेको छ, भलै आजमात्रै दुई नयाँ संक्रमित थपिए। 

रोग नियन्त्रणका लागि, करिब ५० लाख जनसंख्या भएको देशले सुरुदेखि नै कडा ‘लकडाउन’ र सबैतिर सीमा बन्द गरेको थियो। 

मार्च महिना आधाआधीमा त्यहाँ पनि कोरोना परीक्षण र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न निकै कठिनाइ भएका कारण संक्रमण ह्वात्तै फैलिँदै गएको थियो। 

त्यसपछि नेतृत्वले रणनीति नै परिवर्तन गरेको थियो। रोग कम गर्नेदेखि घटाउने लक्ष्य राखियो। देशभरि लकडाउन गरेर चार तहमा ‘अलर्ट लेभल’ भनेर पालना गराइएको थियो। 

यही रणनीतिले ‘अलर्ट लेभल ४ देखि १’ सम्म पुग्दा पूरै देशमा शून्य कोरोना संक्रमण भएको थियो। जुन ८ मा कोही पनि संक्रमित थिएन भने यही बुधबार पनि शून्य संक्रमण भएपछि, त्यहाँको सरकारले उत्सव मनाउने घोषणा नै गरेको थियो। 

न्युजिल्यान्डसँग अन्य राष्ट्रले पनि के कस्ता रणनीति अपनायो भने कोरोना संक्रमण दर कम गर्न सकिन्छ भन्ने पाठ सिक्न जरुरी छ। 

विशेषगरी संक्रमित संख्या धेरै भएका प्रमुख दुई राष्ट्र अमेरिका र भारत।

हुन त दुवै देशले आफ्ना नागरिकलाई सुरक्षित गर्न आफ्नै किसिमका रणनीति अपनाएका थिए। 

कोरोना संक्रमण गर्न के कस्ता कार्य गरेका थिए त यी दुई देशले?

अमेरिका 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मानिसदेखि मानिसमा सर्छ भनेर सूचना दिनासाथ अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ह्वाइट हाउस कोरोना टास्क फोर्स’ स्थापना गरिसकेका थिए। 

त्यसलगत्तै ट्रम्पले उपराष्ट्रपति माइक पिन्सलाई देशभर कोरोना संक्रमणका लागि चाहिने कार्य गर्न जिम्मेवारी दिए। 

‘फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एफइएमए) लाई औषधि र चाहिने मेडिकल सामग्री खरिद र आपूर्तिको जिम्मा लगाइएको थियो। 

तर, ह्वाइट हाउसले ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले दिएका वैज्ञानिक आधारमा दिएका सल्लाहलाई अविश्वास गरेको थियो। 

सिडिसीले २५ फ्रेबुअरीमा पहिलोपटक अमेरिकी नागरिकलाई महामारी आउटब्रेकको खतराबारे चेतावनी दिएको थियो। 

केन्द्रले बनाएको निर्देशिका पालना नगर्ने ६ वटा मुख्य सहर सिकागो, न्युयोर्क, सानफ्रान्सिस्को, लसएन्जलस, सियाटल र होनोलुलुलाई कसरी संक्रमित पहिचान गर्न सकिन्छ भनेर निगरानीमा राखेको थियो।

सरकारको कोरोनाप्रति भएको धारणालाई चिर्दै अमेरिकामा भेटघाट गर्न, स्कुल सञ्चालन गर्न र घरबाट बाहिर निस्कन रोक लगाइएको थियो।  

यसैबीच ‘इम्पेरियल कलेज लन्डन’ को अनुसन्धानले अमेरिकामा झन्डै २० लाख मानिसको मृत्यु हुनसक्ने अनुमान गरिएको देखायो। 

भारत

भारतले चीनमा कोरोना संक्रमण देखिनै बित्तिकै अन्तर्राष्ट्रिय विमानस्थलहरूमा थर्मल स्क्रिनिङ गरेको थियो। 
मार्चको मध्यान्तरतिर संक्रमण फैलिन थालेपछि सातवटा मन्त्रालय मिलेर क्वारेन्टिन र अन्य स्वास्थ्य सेवाको व्यवस्थामा जुटेका थिए। 

केन्द्रसँगसँगै २० मन्त्रालय जसमा रक्षा, गृह, श्रम तथा रोजगार, अल्पसंख्यक कार्य, नागरिक उड्डयन र पर्यटन मन्त्रालयलाई सतर्क रहन र आवश्यक नीति बनाउन आदेश दिइएको थियो। 

वस्त्र मन्त्रालयलाई आवश्यक पर्ने मेडिकल सामग्री तयार गरी सहज उपलब्धता गराउन भनिएको थियो। 

औषधी विभागलाई चाहिने औषधी उपलब्ध गराउन निर्देशन दिइएको थियो। 

भारत सरकारले सबै प्रान्तलाई सामाजिक दुरी कायम गर्न निर्देशन दिएको थियो भने केन्द्रीय सशस्त्र प्रहरीलाई सडकमा कानुन पालना गराउन खटाइएको थियो। 

१ सयजनाको कोरोना परीक्षणबाट सुरु गरेको भारतले मे महिनासम्म आउँदा दैनिक २ लाख परीक्षण गर्न थालेको थियो। 

देशैभरि एकमात्र कोरोना परीक्षण ल्याब, ‘नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी’ थियो भने मे माहिनामा ५ सय ५५ ल्याब सञ्चालनमा आइसकेका थिए। 

१ हजार १ सय ५ प्रयोगशाला परिचालन गरेकामध्ये ७ सय ८८ सरकारी र ३ सय १७ निजी क्षेत्रलाई परीक्षण गर्न दिइएको थियो। 
भारतले कोरोना संक्रमित पत्ता लगाउन ‘आरोग्य सेतू’ मोबाइल एप पनि प्रयोगमा ल्याएको थियो। 

मन्त्रालयले रोगसँग लड्न सक्ने क्षमताको विकास गर्ने आयुर्वेदिक औषधिको वैज्ञानिक अनुसन्धान गरी प्रयोगमा ल्याउन र मानिसलाई सेवन गर्न निर्देश गरिएको थियो। जसमा गुर्जाेलगायत नेपालमा पाइने अन्य जडीबुटी पनि पर्दछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सहभागी गराएर गरेको