बजेट र मौद्रिक नीतिका विषय सम्बोधन गर्न हानको माग


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

होटल व्यवसायीहरूले होटल उद्योगको संरक्षण र सम्वद्र्धनका लागि चालू आर्थिक वर्षको बजेटमा सम्बोधन गरिएका विषय तथा मौद्रिक नीतिमा रहेका विषय यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन्।

होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर उक्त माग गरेको हो।

अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग र विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसायी पलायन हुन थालेको बताइन्। उनले होटल उद्योगमा खर्बाैंको लगानी भइसकेको र लाखौं रोजगारी उपलब्ध गराइरहेको होटल उद्योगको संरक्षण गर्नु राज्यको दायित्व भएको पनि बताइन्।

हानका अनुसार चालू आर्थिक वर्षको बजेटमा होटल उद्योगलाई प्रदान गरिएको उत्पादनमूलक उद्योगसरहको सुविधा प्रदान गर्ने विषय कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३) को परिभाषामा समेत राखी कार्यान्वयन हुनुपर्ने, उत्पादनमूलक उद्योगसरहको विद्युत महसुल दर कायम गरी उपलब्ध गराउनुपर्ने र उपलब्ध गराइएको विद्युत डिमान्ड शुल्क छुट तुरुन्त कार्यान्वनयमा आउनुपर्ने छ।

त्यसैगरी सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकचले यसलाई कम्तिमा एक वर्ष निरन्तरता दिन, कोरोना महामारीका बेला होटलका तर्फबाट निरन्तरता हुन नसकेको हुँदा सामाजिक सुरक्षा ऐन र नियमावली संशोधन गरी कोभिड महामारीका समयमा योगदानकर्ताले समयमा योगदान नगरेकै कारण स्वास्थ्यलगायत आपतकालीन सेवा लिन वञ्चित नहुने गरी व्यवस्था गरिदिन पनि हानले माग गरेको छ।

त्यस्तै चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत होटल क्षेत्रका लागि लागू गरिएको सहुलियतपूर्ण एक प्रतिशत कर पाँच वर्षसम्म लागू
गरिनुपर्ने, महामारीमा अधिकांश होटल पुनःनिर्माणका क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीमा विशेष भन्सार छुटको व्यवस्था गरिनुपर्ने, पर्यटन पुनरुत्थानका लागि विशेष आर्थिक योजना बनाइ होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षमा जोड दिनुपर्ने हानको माग छ।

त्यसपछि अर्थमन्त्री शर्माले कोभिड–१९ बाट पर्यटन तथा होटल उद्योग अतिप्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महसुस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

हान प्रतिनिधिमण्डलमा प्रथम उपाध्यक्ष विनायक शाह, कार्यसमिति सदस्य राजन श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६