अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्ष आइपिओमा जाने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडाैं-

अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले ‘एनएचएस–५७२’ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिकरूपमा प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्रीलाई सधैं प्राथमिकतामा राख्ने जनाएको छ।

‘हालसम्म ३३ ग्रेड वा सोसरहको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले उपभोक्तालाई अर्घाखाँचीका उत्पादन प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले भने।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणाली अघि सारेको छ। क्लिंकर, ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनीमध्ये पर्छ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएको अर्घाखाँची सिमेन्टले प्राथमिक सेयर (आइपिओ) मा जाने तयारी सुरु गरिसकेको जनाएको छ।

२०७५ सालदेखि कूल उत्पादन क्षमता बढाएर प्रतिवर्ष १० लाख टन पु¥याएको अर्घाखाँची सिमेन्टले लगभग पूर्णउत्पादन क्षमतामा सञ्चालनमा रहेर तीव्र प्रतिस्पर्धा र लकडाउन हुँदाहुँदै आर्थिक वर्ष २०७७–७८ मा १८ प्रतिशतले बिक्री बढाएको जनाएको छ।

‘सर्वसाधारणका लागि सेयर खुलाउने विषयमा तयारी अगाडि बढाइरहेका छांै,’ कम्पनीका प्रमुख बित्त अधिकृत राजु पौडेलले भने, ‘अहिले ठ्याक्कै मिति तोक्न नसके पनि अर्को आर्थिक वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गरिसक्ने हिसाबले काम अगाडि बढाइरहेका छांै।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु