एसईईका विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडाैं-

एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ।

यो योजनामा एसईईका विद्यार्थीले एक रुपैयाँमा प्रिपेड सिम खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटालगायत फाइदा लिनसक्ने एनसेलले जनाएको छ।

एनसेलका अनुसार भदौ १५ बाट सुरु भएको योजनामा एसईई २०७८ को परीक्षा प्रवेशपत्र भएका सबै विद्यार्थीले एनसेल सेन्टरबाट पहिलो सिम लिन सक्छन्।

योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र १ सय रुपैयाँ वा त्यसभन्दा बढीको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १ सय ५० एमबी डेटा पाउँछन्।

त्यसैगरी ५० रुपैयाँ वा त्यसभन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधा पाइने एनसेलले जनाएको छ। यस्तो रिचार्जमा विद्यार्थीले तीन दिन मान्य हुने ५ सय एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस प्राप्त गर्छन्।

एनसेलका अनुसार विद्यार्थीलाई यो सिम लिन आफ्नो एकप्रति पासपोर्ट साइज फोटो, कक्षा १० को मार्कसिटको फोटोकपी, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी आवश्यक पर्दछ।

भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनसबाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ। विद्यार्थीले आफूलाई सधै सम्पर्कमा रहिरहनुपर्ने अधिकतम पाँचवटा एनसेल नम्बर सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्छन्। त्यसपछि विद्यार्थीले पहिलो ३० दिनसम्म ती नम्बरमा मात्र ५० पैसा प्रतिमिनेट शुल्कमा कुराकानी गर्न सक्छन्। ३० दिनपछि, १ सय रुपैयाँ वा त्ससभन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउने एनसेलको भनाइ छ।

एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा दुरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पहिलो सिम योजनालाई निरन्तरता दिइएको एनसेलले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु