जापानका प्रधानमन्त्री सुगाद्वारा पदबाट राजीनामा दिने घोषणा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


जापानका प्रधानमन्त्री योशिहिदे सुगाले दोस्रो कार्यकालका लागि आफू प्रतिस्पर्धामा नजाने बताएका छन्। प्रधानमन्त्री सुगाले यो महिना हुने पार्टी नेताको चुनावमा आफूले प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन्।

सुगा एक वर्ष पहिले जापानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए। शिन्जो आबेको राजीनामा पछि उनी जापानको सत्तामा आएका हुन्। सुगाको ‘अप्रूभल रेट’ सबैभन्दा तल गएका बेला उनले आफू अर्को कार्यकालका लागि प्रधानमन्त्री नबन्ने घोषणा गरेका हुन्।

जापानमा अहिले आतपकालीन अवस्था लागु छ र कोरोना भाइरसको संक्रमण महामारी यताकै गम्भीर अवस्थामा छ। जापानमा संक्रमितको संख्या १५ लाख भन्दा धेरै पुगेको छ तर खोपदर भने कम देखिएको छ।

कोरोना भाइरसको संक्रमण बढी रहेका बेला ओलम्पिक गेम्स आयोजना गर्ने निर्णयले उनलाई जापानमा निकै अलोकप्रिय बनाएको थियो।
सुगाको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) का महासचिवले भनेका छन्, ‘उहाँले आज भएको कार्यकारी समितिको बैठकमा कोरोना भाइरसविरुद्धका कार्यमा केन्द्रित हुन चाहेको र पार्टी नेताको चुनावमा प्रतिस्पर्धा नगर्ने बताउनु भएको छ।’

सुगाको घोषणाबाट आफूहरु पनि अचम्ममा परेको महासचिवले बताएका छन्। एलडिपीले सेप्टेम्बर २९ मा आफ्नो अध्यक्ष चयन गर्दै छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो