सभापतिमा लड्ने भनिसकेँ, ‘ब्याक’ हुन के कारण छ र! 


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


कार्यसूचीमा तलमाथि नभए आगामी फागुन १० देखि १४ गतेसम्म हुने महाधिवेशनबाट नेपाली कांग्रेसले नयाँ नेतृत्व पाउनेछ। 

र, पार्टी सभापतिका लागि अहिले नेताहरूले आआफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन्। 

यो मेसोमा सबैभन्दा सक्रिय र जर्वजस्त रुपमा लागेका एक नेता हुन्, बिमलेन्द्र निधि। औपचारिक रुपमा उनले ‘उम्मेदवारी’ त घोषणा गरेका छैनन्, तर, सभापतिका रुपमा आफू पछि नहट्ने जनाउ उनले दिइसकेका छन्। 

अहिले पार्टीका उपसभापतिसमेत रहेका निधिले पार्टीका सभापति शेरबहादुर देउवालाई पनि यो सन्देश दिइसकेका छन्। 

अघिल्लो महिना बुढानिलकण्ठ पुगेर निधिले सभापति देउवासँग भेटेर सभापतिमा चुनाव लड्ने तयारी गरेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए। 

तर, सभापति देउवाले ‘एक पटकको लागि आफूलाई सहयोग गरेर १५ औं महाधिवेशनमा सभापति हुन’ निधिलाई जबाफ दिएका थिए।

त्यसपछि सभापति देउवा र उपसभापति निधिबीच यसबारे खासै कुरा भएको छैन। 

‘सभापतिजीलाई उहाँले आफ्नो चाहना बताइसक्नु भएको छ, तर सभापतिको तर्फबाट कुनै जबाफ आइसकेको छैन्,’ निधिनिकट एक नेताले भने, ‘उहाँ सभापतिमा चुनाव लड्ने निश्चित छ।’

निधि सभापति देउवाको विश्वासपात्रका रुपमा चिन्छिन्। 

१३ औं महाधिवेशनमा पनि उनले देउवालाई सभापतिमा चुनाव जिताउन खुलेरै सहयोग गरेका थिए।

निधिले १३ औं महाधिवेशनमा गरेको सहयोगको ‘ऋण’ तिर्न पनि आगामी महाधिवेशनमा देउवाले सहयोग गर्ने निधि निकट नेताहरुले विश्वास लिएका छन्।

तर, औपचारिक घोषणा नगर्नु र देउवाको मौनतापछि कहिँ निधि ‘ब्याक’ त हुने होइनन् भनेर पनि कतिपयले शंका गरिरहेका छन्। 

अहिले निधिलाई सभापतिका लागि अगाडी बढाएर पछि आफैं चुनाव लड्ने देउवाको ‘दाउ’ हुनसक्ने विश्लेषण पनि भइरहेको छ। 

तर, निधिलाई नजिकबाट जानेका नेताहरु भन्छन्, ‘एकपटक भनिसकेपछि उहाँ ब्याक हुने व्यक्ति होइन्, हारजित पछिको कुरा हो, उहाँ जसरी पनि चुनाव लड्नुहुन्छ।’ 

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव ‘आफूहरुसँगको कुराकानीमा उहाँले जसरी पनि चुनाव लड्ने, ब्याक हुने कुनै कारण नै नरहेको भन्दै आइरहनु भएको’ बताउँछन्। 

महाधिवेशनमा सभापति देउवाको साथ र सहयोग नपाएपनि उहाँ सभापतिमा उम्मेदवारी दिने विषयमा दृढ रहेको यादवको भनाइ छ।

सभापतिमा चुनाव लड्ने मनस्थिति बनाइसकेपछि निधि काठमाडौं र जिल्लामा पनि उत्तिकै सक्रिय छन्। 

उनी काठमाडौंमा उपलब्ध नेताहरुसँग भेटघाट गरिरहेका छन् भने जिल्लामा फोनमार्फत नेताहरुको सम्पर्कमा छन्।

उपसभापति निधि सभापतिमा चुनाव लड्न आन्तरिक तयारीलाई तीव्रता दिएको निधि निकट प्रदेश २ का संसदीय दलका नेता यादवले बताए। 

‘उहाँ निरन्तर सबै जिल्लाका साथीहरुसँग सम्पर्क गरिरहुनु भएको छ,’ यादव भन्छन्, ‘आगामी महाधिवेशनमा सहयोग गर्न नेताहरुलाई आग्रह गरिरहनु भएको छ।’

आफ्नो उम्मेदवारीको इच्छा व्यक्त गरिसकेका निधि सभापति देउवाको सहयोग र समर्थन प्राप्त गर्ने प्रयासमा छन्। 

‘उनको सभापति देउवाकै सहयोगमा चुनाव लड्ने प्रयास छ,’ निधि निकटस्थ एक नेताले भने, ‘उहाँले सभापतिजीको सहयोग र साथ चाहनु भएको छ। सभापतिजीकै समर्थनमा चुनाव लड्ने उनको इच्छा छ। तर, त्यसो नभएपनि उहाँ सभापतिमा उम्मेदावारी दिने निश्चित छ।’

उम्मेदवारीबारे औपचारिक घोषणा नगरेका निधिले आयोमेलसँगको संक्षिप्त कुराकानीमा आफू सभापतिमा उम्मेदवारी दिने प्रतिक्रिया दिए। 

‘साउन महिनामै मैले आफ्नो कुरा सभापतिजी समक्ष राखिसकेको छु,’ निधिले भने,‘सभापतिजीको सहयोग र समर्थन चाहेको छु। ‘ब्याक’ हुने अवस्था छैन।’

सभापतिमा चुनाव लड्ने निधिको पछिल्लो अडानपछि देउवा अलमलमा परेको कांग्रेस नेताहरू बताउँछन्। 

१३ औं महाधिवेशनमा निधिको सहयोगमा सभापति बनेका देउवाको पार्टीभित्र शक्तिमा ह्रास आउनसक्ने नेताहरुको बुझाइ छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुन भनिए पनि तोकिएको मितिमा हुन छाँटकाँट देखिएको छैन। 

कांग्रेसका क्रियाशील सदस्यहरु महाधिवेशनमा मतदान प्रक्रियामा भाग लिन्छन्। तर, मतदाताहरुकै टुंगो लाग्न नसक्दा तोकिएको मितिमा महाधिवेशन हुनेमा शंका देखिएको छ। 

७७ जिल्ला मध्ये ४ जिल्लामा कांग्रेसको समायोजन पूरा भएको छैन। समायोजन नटुंगिदा चार जिल्लामा क्रियाशील सदस्यबारे समेत निर्णय हुनसकेको छैन।

यद्यपि संस्थापन इतर समूहले भने तोकिएकै मितिमा महाधिवेशन गराउन नेतृत्वमाथि दबाब दिइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप