अस्ताए भारतका दलित नेता रामविलास पासवान


विचार
आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपील

काठमाडौं–काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त

आयोमेल संवाददाता
सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका


भारतका दलित नेता एवं केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ। केही दिनदेखि अस्वस्थ्य रहेका ७४ व र्षीय पासवानको बिहीबार राति उपचार क्रममा दिल्लीमा निधन भएको हो।

बिहारबाट राजनीति सुरु गरेका पासवानका छोरा चिराग पासवानले ट्वीट गरेर उनको निधनबारे जानकारी दिएका छन्।

चिरागले ट्वीट गरेर ‘बुबा….अब हजुर यो दुनियाँमा हुनुहुन्न। तर, तपाईं जहा भए पनि सधैं मसँगै हुनुहुन्छ, मलाई थाहा छ’ लेखेका छन्।

पासवान मोदी सरकारमा उपभोक्ता मन्त्री थिए। उनको निधनको खबर आएलगत्तै सबैले श्रद्धाञ्जली दिइरहेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी, बिहारका मुख्यमन्त्री नितिश कुमार, कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धी, आरजेडी नेता एवं बिहारका पूर्व उपमुख्यमन्त्री तेस्वी यादवलगायत नेताले उनको निधनप्रति शोक व्यक्त गरेका छन्।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने पासवान भारतमा शोषित, वञ्चित र उत्पीडित वर्गका लागि संघर्ष गर्ने नेताका रुपमा चिनिन्छन्। साथै, उनलाई भारतीय राजनीतिको मौसम वैज्ञानिकसमेत भन्ने गरिन्छ।

सन् १९७७ को चुनावपछि पासवान पूरा भारतमा प्रख्यात भए। उक्त चुनावमा उनले हाजिपुरबाट आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका नेतालाई साढे चार लाखभन्दा बढी मतले पराजित गरेका थिए। साढे चार लाखभन्दा बढी मतको अन्तरले चुनाव जितेपछि उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सामेल गरिएको बताइन्छ।

९ पटक सांसद बनेका पासवान आफ्नो ५० वर्षको राजनीतिक जीवनमा मात्र १९८४ र २००९ गरी दुई पटक चुनाव हारेका थिए। १९८९ पछि नरसिम्हा राव र मनमोहन सिंहको नेतृत्वमा बनेको दोस्रो यूपीए सरकारबाहेक सबै प्रधानमन्त्रीको सरकारमा मन्त्री बनेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपील

काठमाडौं–काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले आपतकालीन

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट