‘क्यूआर कोड स्क्यान’ गर्नुस्, ट्राफिक जरिवाना तिर्नुस्


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखि ‘क्यूआर कोड स्क्यान’ गर्दै तिर्न मिल्ने बनाएको छ। महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई ‘क्यूआर पेमेन्ट’ तथा अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यसअघि जरिवानाबापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंक वा अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्थालाई थप परिस्कृत गर्दै आजदेखि मोबाइल फोनबाट सिधै क्यूआर कोड स्क्यान गरी जरिवाना तिर्न सकिने व्यवस्था सुरु गरिएको बताए। यसले थप जरिवाना तिर्न अन्य सेवा प्रदायक संस्था वा बैंकको एप इन्स्टल गरी तिनुपर्ने बाध्यतालाई सहज गरेको उनले बताए।

यसले कोरोनाको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा पनि कमी आउने र समयकोसमेत बचत हुने भट्टराईले बताए।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दासले ट्राफिक नियम उल्लंघन गरेका चालकले बैंकमा गएर बुझाउने जरिवाना अब क्यूआर कोडमार्फत सिधै सरकारी राजश्व खातामा जम्मा गर्नसकिने जसले गर्दा बैंकमा लाइन लाग्नुपर्ने बाध्यता हटेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु