उपेन्द्रको पार्टीबाट निर्वाचित गिरी महन्थतिर, सांसद तान्न जसपा र लोसपा शीर्ष नेताहरू जनकपुरमा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


जनकपुरधाम– दल विभाजनपछि नयाँ दल रोज्न प्रदेश सांसद तानातान हुनथालेपछि जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरू प्रदेश २ को राजधानी जनकपुरमा अड्डा बनाएका छन्। नयाँ दलमा सांसद तान्न र रोक्न दुवै दलका शीर्ष नेताहरू जनकपुर पुगेका हुन्।

लोसपा अध्यक्ष महन्थ ठाकुर पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारीका साथ बुधबार नै जनकपुर पुगिसकेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव विहीबार त्यहाँ पुगेका छन्।

जसपा विभाजित भएर बनेको लोसपा रोज्न निर्वाचन आयोगले प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्मको समय दिएको छ। र, यस अवधिभित्र सकेसम्म बढीभन्दा बढी सांसद तान्ने प्रयासमा ठाकुरलगायतका नेताहरू छन्।

प्रदेश २ मा जसपाका ५५ जना प्रदेशसभा सदस्य छन्। जसमध्ये बुधबार १० जनाले लोसपाको पक्षमा सनाखत गराइसकेका छन्। बुधबार लोसपाको पक्षमा सनाखत गराएका सबैजना पूर्व राजपाका हुन्। जसपामा विवाद हुँदा तत्कालीन राजपाका २५ मध्ये ९ सांसद उपेन्द्र समूहमा लागेका थिए। हालसम्म उनीहरूमध्ये कसैले पनि लोसपाको पक्षमा सनाखत गराएका छैनन्।

जसपा विवादका क्रममा महन्थ पक्षमा रहेका सांसदहरूले नै बुधबारसम्म लोसपातर्फ सनाखत गराएका थिए। तर, उपेन्द्र नेतृत्वको तत्कालीन समाजवादी फोरमबाट निर्वाचित प्रदेश सांसद प्रल्हाद गिरी भने लोसपातिर खुलेका छन्। पर्सा ३(२) बाट निर्वाचित गिरी विहीबार लोसपाको पक्षमा सनाखत गरेका छन्।

अहिलेसम्म १० जना प्रदेश सांसदहरूले सनाखत गराएपनि विहीबार यो संख्या थप हुने लोसपा सांसद परमेश्वर साहले जानकारी दिए।
‘हिजो १० जनाले सनाखत गराउनुभयो। आज तत्कालीन फोरमबाट निर्वाचित प्रल्हाद गिरीले हाम्रो पक्षमा सनाखत गर्नुभएको छ,’ उनले भने,‘२२ गतेसम्म यो संख्या थपिँदै जानेछ।’

जसपाका नेताहरू एकजना प्रदेश सांसदले लोसपा रोजे पनि अरू जाने सम्भावना नरहेको दाबी गरेका छन्।
‘गिरीजी लोसपातिर जाने कुरा बाहिर आएको छ, अरू कोही यताउति हुँदैनौं,’ जसपा प्रदेश सांसद मनिष सुमनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’