सहरियाको ‘मिठो–मुख’


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


हरेकजसो नेपालीको घरमा पाक्ने एउटा अनिवार्य परिकार हो– भात। 

सहर होस् या गाउँ ‘भात–भान्सा’ नेपालीको आमसंस्कार भइसकेको छ। 

यसमा पनि सहरियाले देखाउनैपर्ने एउटा संस्कार हो– ‘मिठो–मसिनो।’ 

खाना होस् वा अरु केही। सहरियाको व्यवहारसँग जोडिएको हुन्छ यो शब्द। 

सामान्यतयाः काठमाडौंका भान्सामा चार किसिमका चामल पाक्छ। मन्सुली, पोखरेली, जीरा मसीनो र बास्मती। 

… 

चामलको भात खाने चलन परम्परादेखिकै हो। विशेषगरी ताइचिन चामल त नेपालीले आफैं उत्पादन गरेर खाने गर्दथे। 

बढदै गएको सहरीकरण र अधुनिकीरणका कारण कृषि गरेर खाने किसानको संख्या घटेसँगै स्वउत्पादित धान प्रयोगमा पनि कमी आएको छ। 

देखासिकी र देखावटीको चलनले सिंगो देशलाई गाँजेको छ। उत्पादनको चलन परिवर्तनसँगै मानिसका स्वादको पनि चलन फेरिएको पाइन्छ।

भक्तपुरकी चन्द्रमाया नायोजु किसान हुन्। उनले हरेक वर्ष आफूलाई खान पुग्ने गरी बाली लगाउँछिन्। धानका बालीमा कहिले मन्सुली त कहिले ताइचिन हुने गर्छ। तर, अचेल धेरैजसो विकासे धान फल्छ उनको खेतमा।

‘पहिले त ताइचिन धान नै रोप्ने गथ्र्यौं। अचेल बजारमा विकासे धानको बीउ पाइन्छ। त्यो रोप्न पनि सजिलो र खाँदा पनि दानादाना छुट्टिएर मिठो हुन्छ। त्यसैले ताइचिनको धान चिउरा खानलाई मात्र रोप्ने गरेको छु,’ उनले भनिन्।

ताइचिन चामल पकाउन तरिका मिल्नुपर्ने र घरपरिवारले पनि खान गाह्रो मान्ने भएका कारण उनले बजारमा पाउने चामल र घरको चामल मिसाएर पकाउने गर्थिन्। अब त खेतमै विकासे चामल रोपेपछि केही महिनाका लागि मात्र चामल किन्ने गरेको उनले बताइन्। 

किनेरै खान परेपछि मिठो र राम्रो चामल किन्ने गरेको बताउँछिन् विष्णु बराल। 

४९ वर्षीया बराल काठमाडौं सामाखुसीमा बसोबास गर्छिन्। उनी र उनका परिवारलाई जिरा मसिनो चामलको भात खुबै मनपर्छ। पकाउँदा दानादाना छुट्टिने, खाँदा मिठो र बजार भाउ पनि सस्तो, सजिलै उपलब्ध भएकाले त्यही खरिद गर्ने गरेको उनले बताइन्।

‘हामी मध्यमवर्गको परिवारका लागि यसको भाउ पनि ठिक्क छ,’ उनले भनिन्। 

जब पाहुना आउँछन्, उनका घरमा बास्मती चामलका परिकार पाक्दछ भने पिठो र चिउराका लागि भने ताइचिन चामलको प्रयोग गर्ने गरेको उनले बताइन्।

घरपरिवारले स्वादकै लागि स्थानीय उत्पादन छाडी बजारमा उपलब्ध खाद्यान्न खरिद गरी उपभोग गर्न थालेपछि नयाँ पुस्तालाई पनि त्यही बानी परेको छ।

… 

साल्ट ट्रेडिङले जापानबाट सस्तो र मिठो चामल वितरण गरिराखेको छ भन्ने सुनेपछि बिकल मानन्धर र उनका साथीहरू बत्तिएर चामल किन्न पुगे।
 
साल्ट ट्रेडिङको भक्तपुर शाखाले चिट काट्दै वितरण गरेको चामलको मूल्य १ हजार ७ सय १ रुपैयाँ थियो। चामल किनेर घर गएर पकाए। तर, जापानी चामल ताइचिनजस्तै मोटो रहेछ। पकाउँदा गिलो भएकाले उनलाई त्यसको भात खान मन लागेन।

‘सानैबाट जिरा मसिनो चामलको भात खाने बानी परेको छ। यस्तो चामलको भात खानै मन लाग्दैन,’ उनले भने। 

विज्ञापन र बजारको पछि लाग्दा नेपालीको भान्छाको स्वाद फेरिएको बताउँछिन् पोषणविद अरुणा उप्रेती। 

उनले सहरियाको मात्र नभई दुर्गम गाउँमा पनि स्थानीय उत्पादनभन्दा विदेशी खानेकुरामा बढी आर्कषण रहेको बताइन्।

‘महँगो तिर्दैमा राम्रो र स्वस्थ्यकर हुन्छ भन्ने सोच गलत हो,’ उनले भनिन्। 

उनका अनुसार स्थानीय उत्पादित चामल स्वास्थ्यका लागि एकदम राम्रो हुन्छ। विषेशगरी ऊर्जाका लागि धेरै राम्रो छ। विदेशबाट खरिद गरिएका चामल हेर्दा र खाँदा मिठो होला तर पौष्टिक तत्वको दृष्टिकोणमा कुनै फाइदा छैन। 

सहरियाले आफू राम्रो र स्तरीय परिवारमा भएको देखाउन विस्तारै स्वादलाई परिवर्तन गर्दै लगेको र दुर्गम क्षेत्रमा सरकार आफैंले पनि त्यहाँको स्थानीय उत्पादनलाई जोड नदिई विदेशबाट चामल खरिद गर्दै दिएका कारण फरक पर्दै गएको उनको भनाइ छ। 

‘त्यहाँका बासिन्दा फापर, ढिँडो खान छाडेर भात खान थालेका छन्। त्यहाँको भूगोलका आधारमा खाद्यान्न उत्पादन हुन्छ,’ कर्णालीको उदाहरण दिँदै उप्रेतीले भनिन्, ‘त्यहाँ बसोबास गरेकालाई सोही खानेकुरा खाँदा स्वास्थ्य र ऊर्जाका हिसाबले निकै फाइदाजनक हुन्छ तर बानी बिग्रिँदै जाँदा उनीहरूको स्वास्थ्य पछिसम्म राम्रो रहला भन्न सकिन्नँ।’

सरकारका स्वास्थ्यका नीति तथा कार्यक्रमले पोषणलाई प्राथमिकतामा नराख्दा र कुन खाद्यान्न खाँदा के हुन्छ भनेर जनचेतना नभएका कारण स्वास्थ्यमा गम्भीर असर परिरहेको उनको मान्यता छ। 

‘विदेशी चामलको प्रयोग बढ्नुका साथसाथै हाम्रो चामलसँगै जोडिएको संस्कृति पनि नाश हुँदै गइरहेको छ,’ उपे्रतीले भनिन्, ‘सरकारले यस विषयमा पनि सोच्न जरुरी छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख