फोहोर व्यवस्थापन हुन नसक्दा बनेपा बसपार्क दुर्गन्धित


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


बनेपा- काठमाडौंमा लामो समयदेखीको फोहोरो नउठेको देख्दा र सुन्दा उपत्यकामा मात्र फोहोर व्यवस्थापन नभएको हो कि जस्तो लाग्छ। तर काभ्रकोे बनेपामा पनि फोहोरको अवस्था भने उस्तै देखिन्छ। बनेपाको चोकचोक र बसपार्कमा फोहोरको पहाड बन्न लागिसकोको छ। फोहोरले अहिले बनेपाको मुख्य बसपार्कमा नाक थुनेर हिड्नुपर्ने बाध्यात्मक अवस्था छ।

बनेपाका स्थानीयबासी दिपक मान्नधरले असारको दोस्रो हप्तादेखि नै फोहोर लिन नआएको जानकारी गराए। फोहोर लिन नआउँदा बाध्य भएर बसपार्कको चोकमा फाल्ने गरेको उनी बताउँछन्। ‘अहिले बनेको चोकचोकमा र बसपार्कमा फोहोर थुप्रिएका छन्,’ फोहोर देखाउँंदै उनले भने, ‘फोहोर थुप्रिएर कुहिन सुरु भइसकेको छ। अहिले कोरोनाको समयमा यसले गर्दा स्थानीयको स्वास्थ्यमा धेरै नराम्रो असर पर्ने गरेको उनकाे भनाइ छ।

त्यस्तै बनेपाको बसपार्कमा पसल थाप्दै गरेकी सरिता तामाङ्गले पनि फोहोरले गर्दा बस्नै नसकिने भएको गुनासो गरिन। बसपार्क वरिपरि फोहोर नै फोहोरले भरिएको छ। फोहोर फाल्ने ठाउँ नै यहि हो कि जस्तो भइसक्यो, उनले भनिन्। ‘एक दुई दिन एक दुई हप्ता भए पो घरमा नै राख्न मिल्ने एक दुई महिना भइसक्यो स्थानीयले पनि कति घरमा फोहोर थुपारे राख्न सक्ला होइन र?,उनले आयोमेलकार्मीलाई भनिन्। कहिले फोहोर व्यस्थापन गर्ने हो? सकेसम्म चाडो व्यवस्थापन गरिदिए हुने’।

नगरपालिकाका नगरप्रमुख लक्ष्मीनरसिंह बाडे श्रेष्ठले सिसडोलमा फोहोर फाल्न नदिएकाले फोहोरको व्यवस्थापन हुन नसकेको बताए। काठमाडौंको जस्तै बनेपाको फोहोर पनि सिसडोलमा डपिङ्ग गर्दै आएको नगरप्रमुख श्रेष्ठले बताए। साथै सिसडोलमा फोहोरको पहाड नै भइसकेको र त्यहाँ जाने बाटो बर्षाको कारण गाडी जान नसक्ने अवस्थामा रहेको उनले सुनाए। उनले करिव २५ दिनदेखि फोहोर नउठेको बताए।

उनले फोहोर व्यवस्थापन ठेकामा दिइरहेको जानकारी गराए। उनले केही हप्ता अगाडि फोहोर फाल्न सिसडोल जाँदा गाडी अड्किएर फर्किएको सुनाए। अहिले सिसडोल नखोलेसम्म खाल्डो खनेर फोहोरलाई व्यवस्थापन गर्न खोज्दा स्थानीयले विरोध गरेको श्रेष्ठको भनाइ छ। ‘फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर राख्न बाल्टिन दिएका थियौं, उनले भने, तर त्यो बाल्टिनमा फोहोरको सत्ता दाल, चामल, पानी राख्ने गरेका छन्।’ नगरपालिकालाई मात्र दोष नदिइ स्थानीयले पनि आफ्नो कर्तव्य निभाउर्नुे उनको बुझाई छ। सिसडोल खोलेपछि फोहोरको व्यवस्थापन हुने श्रेष्ठ बताउँछन्। केही दिनपछि सबै फोहोर उठ्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत