नेपाल र भारतबीच आज दशरथ रंगशालामा प्रतिस्पर्धा हुने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– १३औँ संस्करणको साफ च्याम्पियनसिप तयारी स्वरूप आज बिहीबार नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन्। घरेलु टोली नेपाल र भारतबीच बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।

साफ तयारीसँगै फिफा वरीयताका लागि निकै महत्वपूर्ण मानिएको यो मैत्रीपूर्ण खेलको नतिजा आफ्नो पोल्टामा पार्न दुबै टिमलाई दबाव छ।
हाल फिफा वरीयतामा भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा। भारत नेपाललाई हराएर फिफा वरीयतामा आफूभन्दा माथि रहेको प्यालेस्टाइन (१०२स्थान) माथि जान चाहन्छ।

नेपाल पनि भारतलाई पराजित गरेर वरीयता सुधारको दाउमा छ। नेपाल ‘पोट १’ पुग्न चाहन्छ, किनकी उ सहज समूहको खोजीमा छ।
यी दुई खेल मैत्रीपूर्ण मात्र नभई प्रतिष्ठाको लडाईँ पनि हो। एएफसी कप तालिकामा राम्रो स्थान पाउन लडाईँ र आगामी साफमा उपाधि दाबेदारी प्रस्तुत गर्न नेपाल–भारत लागिपरेका छन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भारतविरुद्ध गोर्खाली खेल खेल्ने र पराजित गर्ने टोलीको एउटै लक्ष्य हुने बताएका छन्।

नेपाली टोलीका कप्तान किरणकुमार लिम्बुले भारतविरुद्ध नतिजा महत्वपूर्ण हुने बताउँदै साफ अगाडि आफ्नो टोलीको कमीकमजोर पत्ता लगाउने अवसर रहेको बताए।

यसअघि थ्रि नेसन्स कपमा राष्ट्रिय टोलीबाट संन्यास लिएका कप्तान विराज महर्जनको नाममा सर्वाधिक ७३ क्यापको रेकर्ड छ। यदी भारतविरुद्ध दुबै खेल खेले किरण नेपाल राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाउने छन्।

हालसम्म नेपाल र भारतबीच १९ पटक भेट भएको छ। जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले दुई खेलमात्रै जितेको छ । चार खेल भने बराबरीमा सकिएका छन्। भारतले ३३ गोल गर्दा नेपालले नौ गोल मात्रै गरेको छ।
भारतीय टोलीसमेत नेपालदेखि सजग रहनेछ। उपत्यकाको मौसममा खासै घुलमिल हुन नपाएको भारत नेपाली युवा टोलीसँग सजक रहने देखिन्छ।

भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले मौसमले साथ दिए राम्रो फुटबल खेल्न प्रयास गर्ने र यो खेल साफको लागि राम्रो तयारी हुने बताए।
भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न कठिन हुने बताए। ‘जहिल्यै पनि नेपालविरुद्ध कठिन हुन्छ,’ उनले भने।

नेपाल र भारतबीचको खेल हेर्न पाँच हजार एक सय दर्शकले रंगशाला प्रवेश पाउनेछन्। नेपाल सरकारले कोरोना मापदण्ड पूरा गर्दै दर्शक क्षमताको ३३ प्रतिशत स्वीकृत दिएको हो। खेल हेर्न पुग्ने दर्शकसँग कोरोना खोप कार्ड वा पिसिआर अनिवार्य हुनुपर्ने छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना