गाउँपालिका बहस : नेताले मात्रै देखेको सिंहदरबार


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


सुदूरपश्चिम प्रदेशको सबैभन्दा विकसित जिल्ला हो कैलाली। त्यही विकसित जिल्लाको धनगढीलाई अहिले प्रदेशको अस्थायी राजधानी तोकिएको छ। त्योसँगै जोडिएको गाउँपालिका हो कैलारी। 

करिब दुई दशकपछि स्थानीय जनताले जनप्रतिनिधि पाए। जनताले जनप्रतिनिधि मात्र पाएनन्, मुलुक संघीयतामा नै गयो। जनताले स्थानीय स्तरमा नै सरकार पायो। कुनै काम गर्न राजनाधी पुग्नुपर्ने समस्याको विस्तारै समाधान हुँदै गयो। 

स्थानीय तहले केन्द्रीकृत अधिकार पाउने क्रम अझै जारी छ। नेताहरूले पनि जनतासामु गाउँगाउँमा सिंहदरबार पुगेको भन्दै थुप्रै सपना बाँडे।

तर, के जनताले गाउँगाउँमा सिंहदरबार पुगेको अनुभूति गरेका छन्? के जनप्रतिनिधिको कामबाट जनता सन्तुष्ट छन्? अहिलेको यक्ष प्रश्न हो यो!

हामी यही प्रश्नको उत्तर खोज्न धनगढीसँगै जोडिएको कैलारी गाउँपालिका पुग्यौं। अस्थायी राजधानी धनगढीबाट मात्र २७ किलोमिटर पूर्वमा अवस्थित कैलारी गाउँपालिकाको दक्षिणी भाग भारतको उत्तरप्रदेशसँग सीमा जोडिएको छ।

त्यहाँको समस्या त्यही मोहनाको कटान र डुबान एउटा हो। भारतसँग सीमाना जोडिएकाले चोरी–तस्करी अर्को समस्या हो। त्यहाँका जनता कृषिमा आधारित छन्, उनीहरूका पनि थुप्रै समस्या छन्।

भारतसँगको सीमालाई मोहना नदीले छुट्याएको छ। यस गाउँपालिकाका जनता के स्थानीय सरकारबाट खुसी छन्? के जनताका समस्या समाधानका लागि सरकार गम्भीर छ? यही उत्तर खोज्न धनगढीबाट २७ किलोमिटर मोटरसाइकल हुइँक्याएर कैलारी पुग्यौं हामी। 

बाटोमा जाँदै गर्दा कतै–कतै भित्री गाउँसम्म पुग्ने पीच भएको सडक भेटिए। हामी हुइँकिरहेको बसन्ता करिडोरअन्र्तगत हुलाकी राजमार्ग पनि बसन्ता क्षेत्र नपुग्नसम्म पिच नै थियो। 

बाटोमा जाँदै गर्दा कतै–कतै भित्री गाउँसम्म पुग्ने पिच भएको सडक भेटिए। हामी हुइँकिरहेको बसन्ता करिडोरअन्र्तगत हुलाकी राजमार्ग पनि बसन्ता क्षेत्र नपुग्नसम्म पिच नै थियो। 

गहुँ खेतीको हरियाली दृश्यले जो कोहीको मन लालयित हुन्थ्यो । तर, हामीलाई त्यो दृश्यभन्दा त्यहाँको विकासप्रति जनता कति लालयित छन्? त्यो बुझ्नु थियो।

हामी रोकियौं गाउँपालिकाको एउटा चोकमा। केही पसल थिए। केही मान्छेको उपस्थिति। त्यही बीचमा थियो एउटा सैलन। एक व्यक्ति कपाल काट्न भित्र छिर्दै थिए। हामीले बोलायौं र आफूहरू आउनुको कारण बतायौं।

सुरुमा सोध्यौं उनको परिचय।

उनी कैलारी गाउँपालिका–३ का भरथरी चौधरी रहेछन्। 

हामीले भन्यौं गाउँपालिकाको कामबाट कत्तिको सन्तुष्ट भइरहनुभएको छ?

उनको उत्तर थियो, छैनौं । 

‘गाउँपालिकाको कामबाट हामी अपेक्षित रूपमा खुसी छैनौं। स्थानीय सरकारले जसरी जनताको माग सम्बोधन गर्नुपथ्र्यो, त्यो हुन सकेको छैन,’ उनले थपे ।

हामीले फेरि सोध्यौं, त्यसो भए गाउँगाउँमा सिंहदरबार पुगेको अनुभूति भएको छैन?

‘छैन।’

उनले बेलीविस्तार लाए, ‘चुनावताका नेताहरूले थुप्रै आश्वासन दिएका थिए। गाउँगाउँमा सिंहदरबार भन्ने कुरा थियो। अहिले तीनवर्ष बितिसक्दा पनि पूर्ण रूपमा त्यसको आभास हुन सकेको छैन।’  

सेवा लिँदा कत्तिको सहज–असहज महसुस गरिरहनुभएको छ त भन्ने हाम्रो अर्को प्रश्न तेर्सियो ।

उनी विकासको गतिप्रति पनि त्यति सन्तुष्ट देखिएनन्। उनले विकासको साटो मुलुकमा बरु महँगी बढेकोमा गुनासो गरे।

‘सेवा लिन धेरै सहज त छैन। तर, जसोतसो सेवा लिइरहेका छौं,’ उनी सटिक बने।

उनी विकासको गतिप्रति पनि त्यति सन्तुष्ट देखिएनन्। उनले विकासको साटो मुलुकमा बरु महँगी बढेकोमा गुनासो गरे।

उनीसँगको संक्षिप्त संवादपछि हामी अघि बढ्यौं।

त्योभन्दा थोरै अगाडि एउटा अर्को चोक भेटियो । जहाँ केही केही पसल थिए।

हामी पनि त्यहीं चोकमा रोकियौं । जम्मा भएका मान्छेमध्ये वडा नम्बर ३ की इन्टु चौधरीसँग गफियौं । विकासका कुरा सोध्यौंं। त्यहाँका समस्याका बारेमा जान्न चाह्यौं ।

इन्टु सुरुमा बोल्न लजाइन् । तर कुरा गर्दै जाँदा उनी खुलिन्।

इन्टुले आफ्नै भाषामै भनिन्, ‘हामार गाउँओर रोड गिलवाँ, मनु महँगी ध्योर बढलमा, काँ कहना हो? (हाम्रो गाउँमा रोड गएको छ । तर, महँगी निकै बढेको छ, के भन्ने?)’

उनले स्थानीय सरकार आएपछि कर निकै बढेको र महँगीले आकास छोएको भन्दै मन अमिलो पारिन्। भनिन्, ‘हामी गरिब किसान हौं। छोइ नसक्नु महँगी छ। कसरी हातमुख जोड्ने?, कसरी चुलो बाल्ने?, कसरी बालबच्चा पढाउने?, कसरी बाँच्ने?’

जग्गाजमिनको भाउ निकै बढेको उनको बुझाइ थियो। गाउँमा मोहनाको डुबान, चोरीको समस्यालगायत किसानीका थुप्रै समस्याप्रति स्थानीय सरकार सजक हुनुपर्ने उनको कुराबाट बुझ्यौं।

‘हामीले जनप्रतिनिधिसँग आफ्ना माग राखिरहेका हुन्छौं। उहाँहरूले हाम्रा कुरा सुन्दैनन्। हुँदैन भनेर कुनै कुरा भन्दैनन्’, इन्टुले भनिन्, ‘तर, हाम्रा धेरै मागको सम्बोधन नै हुँदैन।’

केही स्थानीयसँगको संवादपछि हामीलाई जनतामात्र होइन जनप्रतिनिधिका कुरा पनि सुन्नुपर्छ भन्ने लाग्यो। 

हामी गाउँपालिका कार्यालय भएको हसुलिया बजार पुग्यौं। बजारको पश्चिमपट्टि अवस्थित कार्यालय पुग्दा त्यस्तै साढे १० बजेको हुँदो हो।

गाउँपालिका प्रमुख लाजुराम चौधरीको कार्यकक्षमा पुग्यौं। भेट भएन। बुझ्दा उहाँलाई कार्यालय आइपुग्न केही समय लाग्ने बताइयो। अनि हामीले उपप्रमुख लक्ष्मी सत्गौवा थारुसँग संवाद गर्यौं । हामीले केही प्रश्नहरू राख्यौं ।

तपाईहरू जनप्रतिनिधिमा चुनिनुभएको तीनवर्ष पुग्न थाल्यो, तपाईको अनुभूति कस्तो रह्यो त?

(सधैं समस्या, असन्तुष्टि र अपेक्षाका चाङ सुनेकी उपप्रमुख हाम्रो पहिलो प्रश्न सुन्दै मन्द मुस्कुराइन्।) 

स्थानीय सरकार बनेपछि हामीले जनता निकै उत्साहित पाएका छौं। जनताले विकास भएको अनुभूति गरेको हाम्रो बुझाइ छ। हामीले भौतिक पूर्वाधारदेखि टिम विकाससम्मका थुप्रै काम गरेका छौं।

अनि भनिन्- हो, हामीले गाउँपालिका सम्हालेको तीनवर्ष भयो। यो दौरान हामीसँग थुप्रै अनुभव र अनुभूति छन्। तीनवर्षे यात्राका क्रममा हामीले केही चुनौती त केही समस्या भोग्यांै। ती समस्या र चुनौतीका बीचबाट केही उपलब्धि पनि भएका छन्। 

स्थानीय सरकार बनेपछि हामीले जनता निकै उत्साहित पाएका छौं। जनताले विकास भएको अनुभूति गरेको हाम्रो बुझाइ छ। हामीले भौतिक पूर्वाधारदेखि टिम विकाससम्मका थुप्रै काम गरेका छौं। संघीयता हाम्रो पहिलो अभ्यास भएकाले केही समय त सिकाइमा नै पनि बित्यो। सुरुमा कर्मचारी अभावको समस्याले गर्दा हामी अलमलमा पर्‌यौं।

त्यसैले हामीले सबै ठाउँमा जनतालाई सन्तुष्ट पार्न नसकेका होला। तर, हाम्रो सधैं जनतालाई खुसी पार्ने प्रयास भने जारी रह्यो र रहिरहनेछ।

यो अवधिका काम चाहिँ के-के गर्नुभयो ? सम्झिन सक्नुहुन्छ?

हामीले महिला, युवा, अपाङ्ग, बालबालिकालगायत सबैलाई समेट्ने गरी कार्यक्रम बनाएका छौं। हामीले सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने गरी नै काम गर्न खोजेका छौं। 

प्रत्येक जनातालाई गाउँमै सरकार भएको अनुभूति होस् भन्ने उद्देश्यसाथ कार्यक्रम बनाएका छौं। वडास्तरमा हामीले लक्षित वर्ग समेटेर कार्यक्रम ल्याएका छौं। हामीले वस्तीवस्तीमा पुगेर जनताको समस्या पहिचान गर्दै समाधान गर्ने अभियान थालेका छौं।

त्यसरी समस्या सुन्दै गर्दा यहाँका जनताको ठूलो माग चाहिँ के रहेछ त?

जतासुकैका जनताको माग भनेको भौतिक पूर्वाधार सँगै मानव विकासको हो। त्यो माग यहाँका जनताको पनि साझा माग हो। त्यस्तै उहाँहरूले सीपमूलक कार्यक्रमहरू मागिरहनुभएको हुन्छ। त्यसअन्र्तगत हामीले युवालक्षित, महिलालक्षित कार्यक्रमहरू बनाएका छौं। हामीले आयआर्जन हुने खाले खाजा नास्ताको तालिम दिएका छौं । उहाँहरूलाई काममा लाग्नेगरी सामानसमेत उपलब्ध छौं। बेतबासको तालिम, होजियारी तालिम गराइरहेका छौंं। सामानसहित भवन पेन्टिङको तालिम दिइरहेका छौंं। मोटरपंखा बनाउने तालिम पनि दिएका छौं। ग्रिलको तालिम दिने, ड्राइभिङ तालिम दिने, कम्प्युटरमा डिप्लोमासम्मको तालिम दिने गरिरहेका छौं। लोकसेवा तयारी कक्षा सञ्चालन पनि गर्छौं। महिलालाई मेसिन उपलब्ध गराई पसल थाप्ने गरी सिलाइकटाइ तालिम दिइरहेका छौं। यसरी हेर्दा १२ सय जनालाई हामीले अहिलेसम्म रोजगारमूलक तालिम प्रदान गरिसकेका छौं।

यो कृषियोग्य भूमि भएको गाउँपालिका हो, कृषकका लागि के गर्नुभएको छ?

हो। यो वस्ती थारु समुदाय बढी भएको वस्ती  हो। यहाँका अधिकांश जनता कृषिमा आत्मनिर्भर छन्। त्यसैले हामीले कृषिमा एकदमै जोड दिएका छौं। उहाँहरूलाई प्राविधिक हिसाबले सामानहरू वितरण गरेका छौं। च्याम्फा ट्याक्टर वितरण गरेका छौं। आधुनिक किसिमले कृषि गर्न प्रेरित गरिरहेका छौं। सिँचाइका लागि बोरिङ, पम्पसेट प्रदान गरिरहेका छौं।

हामीले केही जनतासँग कुरा गर्दा जनप्रतिनिधिको कामप्रति सन्तुष्ट पाएनौं। आफूहरूका मागको सुनुवाई नै भएन भन्ने गुनासो रह्यो। जनताको यो गुनासोप्रति तपाईको के छ भनाइ?

हाम्रा नौवटा वडा छन्। ती वडामा हामीले चौमासिक सुनुवाइ कार्यक्रम गर्छाैं। उहाँहरूबाट पनि हाम्रो कमजोरी के हो? त्यहाँको समस्या के हो? त्यो बुझ्ने गर्छौं। वार्षिक रूपमा पनि सार्वजनिक सुनुवाइ गर्छौं। त्यसमा पनि आमजनताको राय बुझ्ने गरेका छौं। कतिपय कुरा उहाँहरूले त्यहाँ पनि उठाउने गर्नुहुन्छ। 

हाम्रो गाउँपालिकाको हकमा त्यस्तो छैन। हामी सबै क्षेत्रमा पारदर्शी ढंगबाट जान खोजेका छौं। गुनासो पेटिकामा पनि कतिपय सुझाव हामीलाई आउने गरेका छन्। कर्मचारीको सवालमा हामीले उहाँहरूलाई निर्देशन गर्ने, कुनै कार्यक्रम छिटो कार्यान्वयन गर्न लगाउने गरिरहेका छौं। योजनाको हकमा कतिपय उपभोक्ता समितिले प्रक्रिया पुर्याउन नसक्ने भएकाले पनि केही ढिलाइचाहिँ हुने गरेको छ। त्यति ढिलो भने छैन। हाम्रा कार्यक्रम र योजनालाई हामीले समयमा नै कार्यान्वयन गर्ने गरेका छौं।

तीन वर्षमा यहाँहरू आफूले चाहिँ के कस्ता चुनौती भोग्नुपर्‌यो?

हामीले तीन वर्षमा गरेको प्रगतिलाई जनताले देखिराख्नुभाको छ। भोगी राख्नुभाको छ। उहाँहरूले त्यसको प्रतिफल पाइराख्नुभएको छ। त्यसका बाबजुद पनि बाह्य शक्तिले भ्रम फैलाइरहेकाले हामीमाथि एउटा खाले चुनौती छ। यहाँका अगुवा, बुद्धिजिवी र जनता मिलेर नै गाउँपालिका चलाउनुपर्ने भएकाले यसतर्फ सबै सजग हुनपर्छ। त्यो भए जस्तोसुकै चुनौती पनि सामना गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख