बेहोस भएमात्र अस्पताल जाउ भन्ने विज्ञ होइनन् : गगन थापा


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चासो नदिएको आरोप लगाएका छन्। समय छँदै सरकारले ध्यान नपु¥याउँदा कोरोनाले भयावह रुप लिँदै गएको थापाको भनाइ छ।

‘यो अवस्था आउन नदिन पूर्व तयारी गरौं, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक पटक नभनेको पनि होइन्, तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन्,’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘समय, स्रोत, सहयोग सबै थियो तर तपाईंको सोच र शैलीका कारण जटिल अवस्थामा पुगेका छौं।’

‘यो बेला तपाईंको प्राथमिकतामा महामारी छैन्,’ उनले भनेका छन्, ‘अहिले मन्त्रिमण्डल भागबान्डाको समय होइन्, संकटबारे छलफल गर्नुस।’

आफू स्वयं संक्रमित भएका नेता थापाले बेहोस भएकालाई मात्र अस्पताल लग्न दिएको अभिव्यक्तिप्रति समेत टिप्पणी गरेका छन्। ‘बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइनन्, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाहरूको कुरा सुन्नोस। कोभिडविरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चान्छौं, तर केही त गर्नुस प्रधानमन्त्रीज्यू,’ थापाले भनेका छन्।

सरकारको लापारबाहीका कारण काठमाण्डौं सहित देशभर थप समस्या बल्झिएको उनको भनाइ छ। ‘एकातर्फ काठमाण्डौं बाहिर परीक्षणको दायरा घट्दै गएको छ, तर चाडवाडको बेला देशव्यापी अवागमन बढेको छ,’ थापाले भनेका छन्,‘काठमाण्डौंमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ, न सघन उपचारका लागि बेड नै उपलब्ध छ। केही समस्या भइहाले के गर्ने ? सबैमा अलमल छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप