मीन विश्वकर्माले कांग्रेस केन्द्रीय सदस्यबाट दिए राजीनामा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं,

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले कांग्रेस केन्द्रीय सदस्य र नेपाल दलित संघको केन्द्रीय अध्यक्षबाट राजीनामा दिएका छन्। सभापति शेरबहादुर देउवाले आफैं प्रारम्भ गरेको ‘कदमजम’ को सिद्धान्तको खिल्ली उडाएको भन्दै विश्वकर्माले दुवै पदबाट राजीनामा दिएका हुन्।

दलित समुदायलाई अपमान र अन्याय हुनेगरि लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन नसक्ने सभापति देउवालाई सम्बोधन गर्दै उनले दिएको राजीनामा भनिएको छ।

‘११ औं महाधिवेशनमा सम्मानीय सभापतिज्यू आफैंले प्रारम्भ गर्नुभएको ‘कदमजम’ सिद्धान्तको खिल्ली उडाएको छ,’ उनले भनेका छन्, ‘यसरी षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अमान्य हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका मान्य हुनसक्दैन।’

१३ औं महाधिवेशनमा प्रत्येक वडामा न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित प्रतिनिधि सुनिश्चित गर्ने व्यवस्था रहे पनि विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरिएको उनले आरोप लगाएका छन्।

‘यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समयपश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले टुलुटुल हेरेर बस्न नैतिक रूपले नमिल्ने र नसक्ने भएकाले आजकै मितिदेखि लागू हुनेगरि दुवै पदबाट राजीनामा गरेको छु,’ देउवासमक्ष बुझाएको राजीनामा पत्रमा विश्वकर्माले भनेका छन्।

No description available.


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु