नेप्सेमा झिनो अंकको सुधार


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले मात्रै सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१८ बिन्दुले सुधार भई २ हजार ९७७.०२ मा पुगेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ बिन्दुले बढेर ५५०.६९ मा पुगेको छ। कूल २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो। नेप्सेमा सोमबार र मंगलबार मात्रै झण्डै १२० अंकको गिरावट भएको थियो।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ ७.८९, होटल तथा पर्यटन १३०.४३, जीवन बीमा ७४.५९ र लगानी ०.०१ बिन्दुले उकालो लागेको छ। यस्तै, व्यापार ७.३४, विकास बैंक ४०.१४, जलविद्युत १९.९६, वित्त ८७.८२, निर्जीवन बीमा ६३.५९, उत्पादन २.४२, अन्य १.४४, लघुवित्त ५.९४ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले ओरालो लागेको छ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो। युनाइटेड मोदी रु ३० करोड १४ लाख २३ हजार, अपि पावर कम्पनी रु २३ करोड ७५ लाख १५ हजार, हिमालयन डिस्टिलरी रु २३ करोड ३६ लाख ७६ हजार ९२७ र रिडी हाइड्रोपावरको रु २२ करोड ११ लाख ५३ हजार १५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ७.५५, ओरियण्टल होटल ६.१४, युनाइटेड मोदी ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ६.०२ र सोल्टी होटलका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए।

त्यस्तै, सनराइज फस्ट म्युचुअल फण्ड ९.९८, खानीखोला हाइड्रोपावर ७.७७, गुह्येश्वरी मर्चेन्ट बैंक ६.२७, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ५.२८ प्रतिशतले गुमाए। आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख ५ हजार ४६४ बराबर पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु