प्रदेश २ : जसपाका १४ सांसद खुले लोसपामा, १० जनाले गराए सनाखत


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


जनकपुरधाम

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का १४ प्रदेशसभा सदस्य महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा खुलेका छन्। जसपाका ५५ प्रदेशसभा सदस्यमध्ये अहिले १४ जना लोसपाका पक्षमा खुलेका हुन्।

लोसपाका पक्षमा खुलेका १४ प्रदेशसभा सदस्यमध्ये १० जनाले बुधबार प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गराएको अन्य चार जनाले विहीबार सनाखत गराउने प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए।

जसपाका साहसहित सुरिता साह, गौरीनारायण साह, जयनुल राइन, जानकीशरण साह, बबिता कुमारी, अलकाकुमारी झा, निलमदेवी भूमिहारिन, बाबुलाल साह र रमेशप्रसाद कुर्मीले लोसपा रोजेका छन्।

यसैगरी जितेन्द्र सोनल, अभिराम शर्मा, डिम्पल झा र उपेन्द्र महतोले विहीबार सनाखत गराउने प्रदेश सांसद साहले बताए।

एकीकरण भएर जसपा गठनअघि प्रदेश २ मा तत्कालीन राजपाबाट २५ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। जसमध्ये अहिले १४ जना खुलेका छन्।

‘आज १० जनाले माननीयहरूले लोसपाको पक्षमा सनाखत गराउनुभएको छ। भोलि अरू ४ जनाले गर्नुहुन्छ,’ साहले भने,‘सनाखतका लागि तोकिएको भदौ २२ को समयसीमाभित्र यो संख्या अरू बढ्नसक्छ। अहिले नाम नखोलौं।’

प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखतलाई मध्यनजर गरी लोसपा अध्यक्ष ठाकुर बुधबार जनकपुर पुगेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु