कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गर्दै कल्याण गुरूङले भने : पुस्तान्तरण अहिलेको आवश्यकता


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले कांग्रेस सभापतिमा दाबेदारी प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर गुरूङले बुधबार उम्मेदवारी घोषणा गरेका हुन्।

युवा पुस्ता पार्टी र सरकारको नेतृत्वका लागि सक्षम रहेको भन्दै आफूले सभापति पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए।

‘कांग्रेसमा सबैभन्दा बढी क्रियाशील सदस्य युवाहरू छन्। तर, सभापतिका लागि आकांक्षी देखिएकाहरू अधिकांश ६० वर्षभन्दा माथिका छन्,’ उनले भने, ‘पार्टीलाई नयाँ सोचका साथ सही दिशामा अगाडि बढाउन नेतृत्वको पुस्तान्तरण जरूरी देखिएको छ। त्यसैका लागि मैले सभापतिमा लड्ने चाहना राखेको छु।’

परिवर्तन अंगाल्दै विश्वमा राजनीतिक दलहरू पुस्तान्तरणतर्फ अगाडि बढिसके पनि कांग्रेसको नेतृत्वमा ३० वर्षदेखि उही पुरानो अनुहार देखिइरहेको उनले बताए। कांग्रेसलाई गतिशील बनाउन युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने चाहना सबैको रहेको उनको भनाइ थियो।

‘हामी विद्यार्थी छँदा कांग्रेसको नेतृत्वमा अहिलेकै अनुहार देखिन्थ्यो, ३० वर्षपछि पनि उही अनुहारहरू हुनुहुन्छ,’ गुरुङले भने, ‘शासन व्यवस्थामा परिवर्तन आए पनि दलहरूको प्रवृत्तिमा कुनै परिवर्तन आउनसकेको छैन। युवाहरूलाई नेतृत्वको अवसरदिन उहाँ खुलेर अगाडि आउनु पर्दछ।’

महोत्तरीको गौशाला नगरपालिका घर भएका गुरूङ कांग्रेसका पुराना नेता वसन्त गुरूङका छोरा हुन्। १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी पछिल्लो समय कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट थिए।

संस्थापनइतर समूहबाट सभापतिका साथै पदाधिकारीको साझा उम्मेदवार बनाउन पौडेल समूह प्रयासरत रहेको बेला गुरूङले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि यसअघि वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापति र केन्द्रीय सदस्य गगन थापाले महामन्त्रीका लागि औपचारिक घोषणा गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा