तुलसीपुर उपमहानगर प्रमुख पाण्डेलाई कोरोना संक्रमण पुष्टि


विचार
आयोमेल संवाददाता
सिंहदरवारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका

आयोमेल संवाददाता
प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका

आयोमेल संवाददाता
मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने


तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

फिभर देखिएपछि असोज २० गते स्वाव दिएका पाण्डेयलाई बिहीबार कोरोना पुष्टि भएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणका क्रममा नगर प्रमुख पाण्डेय र उनका स्वकीय सचिवसहित २१ जनामा कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण देखिएपछि नगर प्रमुख पाण्डेयले विशेष स्वास्थ्य सतर्कता र सावधानी अपनाउन आग्रह गरेका छन्। 

‘सकारात्मक सोचका साथ उच्च सवधानी अपनाउदै नगरवासी र देशको सेवामा खट्दाखट्दै केही दिनदेखि ज्वरो, रुघाखोकी आएकोले कोरोना परिक्षण गर्दा सकारात्मक देखिएको छ,’ नगर प्रमुख पाण्डेयले सामाजिक सञ्जाल फेसवुकमा भनेका छन् ‘मसँग एक हप्तामा नजिकमा रहेलाले विशेष सवधानी अपनाउदै आवश्यक परेमा कोरोना परिक्षण गर्नुहोला। अहिले कोरोनाको संक्रमण बढी रहेकोले सम्पूर्ण  आमाबुवा,दाजुभाइ दिदीबहिनीलगायत सवै नगरवासीहरुले बिशेष स्वास्थ्य सतर्कता र सावधानी अपनाउनु होला।’

उनले यहाँसम्म आइपुग्दा धेरै समस्यासँग जुझ्दै, जित्दै र बिजय हासिल गर्दै आइपुगेको भन्दै अब पनि देश र जनताको सेवा गर्न, रोग , शोक, भोगसँग लड्न र देशको समृद्धिका लागि कोरोना भाइरसलाई जितेर सेवामा फर्कने दृढता व्यक्त गरेका छन्। उनले आफ्नो  स्वास्थ्यमा चासो राख्ने स्वास्थ्य लाभको कामना गर्ने सवैमा धन्यवाद व्यक्त समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरवारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपरान्ह ६ बजे सिंहदरवारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट

मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने भएका छन्। जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुनेबारे स्पष्ट पारिनसकेको

महेश र सुरजले यसरी गरेका थिए जसपा सांसदहरुका लागि रिसोर्ट…

काठमाडौं–विहीबार राति करिब साढे १० बजे जनता समाजवादी पार्टी (जसपा) का एक सांसदको फोन आउँछ। ‘बधाइ छ महेश दाइ। धन्यवाद।